detail-img

नेकपा एस र माओवादी केन्द्रका नेताकार्यकर्ता एमालेमा 

कास्की । नेकपा एकीकृत समाजवादी कास्कीका सचिव होम नेपाली नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ ।
आज नेकपा (एमाले) कास्की क्षेत्र नम्बर २ ले आयोजना गरेको कार्यक्रममा सचिव नेपाली एमालेमा प्रवेश गर्नुभएको हो । 
उत्पीडित जातीय मुक्ति समाज निर्वाचन परिचालन उपसमिति कास्की क्षेत्र नम्बर २ को भेलामा उहाँलाई स्वागत गरिएको हो । एमाले केन्द्रीय सदस्य तथा कास्की इन्चार्ज कृष्ण थापा, केन्द्रीय सदस्य भीम कार्की लगायत नेताहरुले उहाँलाई पार्टीमा स्वागत गर्नुभयो ।
विगतमा नेकपा (एमाले) मा रहँदा नेपाली कास्की जिल्ला कमिटी सदस्य तथा मुक्ति समाजको केन्द्रीय सदस्यको जिम्मेवारीमा हुनुहुन्थ्यो । 
यसैगरी रुपन्देहीमा बुटवल उपमहानगरपालिका वडा १२ का नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रका स्थानीय नेताहरू एमाले प्रवेश गर्नुभएको छ ।
नेकपा एसका वडाध्यक्ष घनलाल बस्याल, माओवादी केन्द्रका वडा कोषाध्यक्ष रुद्रप्रसाद शर्मा, शिक्षक संगठनका पूर्व अध्यक्ष शालिकराम शर्मा, माओवादीकै कर्णबहादुर थापा लगायत एमाले प्रवेश गर्नुभएको हो । 
उहाँहरूलाई नेकपा (एमाले) का उपाध्यक्ष एवं रुपन्देही क्षेत्र नं.२ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार विष्णु पौडेल, प्रदेश सभा सदस्य उम्मेदवार भोजप्रसाद श्रेष्ठ लगायतले पार्टीमा स्वागत गर्नुभयो ।