detail-img

नेकपा एसका काठमाडौंका नेताकार्यकर्तालाई स्वागत

काठमाडौं । नेकपा एकीकृत समाजवादीका काठमाडौं जिल्ला कमिटी सदस्य मनोजकुमार श्रेष्ठसहित छजना नेकपा (एमाले) मै फर्किनुभएको छ । 
सोमबार बसुन्धारामा आयोजित एक कार्यक्रमबीच श्रेष्ठसँगै पवन लामा, अनिश गुरुङ, कृष्ण गुरुङ, समिर कार्की र विकास खत्री एमालेमा फर्किनुभएको हो । 
उहाँहरुलाई नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, केन्द्रीय सदस्यहरू नारायण सिलवाल, शान्ति अधिकारी र एमाले काठमाडौंका अध्यक्ष दीपक निरौलालगायतले पार्टीमा स्वागत गर्नुभयो । 
सो अवसरमा वरिष्ठ उपाध्यक्ष पोखरेलले भ्रममा परेर पार्टीबाट बाहिरिएकाहरुलाई पुरानै घर फर्कन आह्वान गर्नुभयो । राजनीतिक र सांगठनिक जीवन अब कतै विचलित नबनाई एमालेलाई साथ दिई देश विकासको अभियानमा लाग्न उहाँले आग्रह गर्नुभयो ।
एमाले प्रवेश गर्नुभएका श्रेष्ठले नेकपा एससँग देश विकासको कुनै दृष्टिकोण नभएको भन्दै आफ्नो पुरानै घरमा फर्किएको बताउनुभयो । श्रेष्ठले २०७४ सालको निर्वाचनमा काठमाडौं क्षेत्र नं. ५ को युवा परिचालनको सचिव भएर काम गर्नुभएको थियो । यस पटक पनि एमाले उम्मेदवारहरू जिताउन युवाहरू परिचालनको नेतृत्व लिने उहाँले बताउनुभयो । 
समाजवादी प्रेस संगठनका उपाध्यक्ष बन्जाडे एमालेमा

यसैगरी रुपन्देहीमा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदेश अध्यक्ष सुजन ज्ञवाली नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ । त्यस्तै, नेकपा एकीकृत समाजवादीको जनवर्गीय संगठन समाजवादी प्रेस संगठनका उपाध्यक्ष विकास बन्जाडे पनि नेकपा (एमाले) मा फर्कनुभएको छ । उहाँहरुलाई पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टीमा स्वागत गर्नुभएको छ ।