detail-img

केन्द्रीय सदस्य बुढासहित नेकपा एस र माओवादीका करिव ३०० नेताकार्यकर्ता एमालेमा 

काठमाडौं । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य चन्द्र बुढासहित नेकपा एस र माओवादी केन्द्रका करिव तीनसय नेताकार्यकर्ता आज नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ । 
अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले पार्टीको केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँहरुलाई खादा र अवीर लगाई स्वागत गर्नुभयो ।


पार्टी प्रवेश गर्नेहरुमा नुवाकोटबाट नेकपा एसका प्रदेश कमिटी सदस्य केपी लामिछाने, जिल्ला कमिटीका उपाध्यक्ष जीतबहादुर बलामी लगायत विभिन्न कमिटीका २४६ जना कार्यकर्ता हुनुहुन्छ । 
यसैगरी नेकपा एसको पेशागत क्षेत्रका प्रदेश कमिटी र जिल्ला कमिटीका नेताहरुलाई पनि अध्यक्ष ओली र महासचिव पोखरेलले पार्टीमा स्वागत गर्नुभयो । 
नेकपा एसको प्रदेश कमिटीका सचिवालय सदस्य दीप शर्मा, प्रदेश कमिटी सदस्य शुभमाया कपाली, जिल्ला कमिटी सचिवालय सदस्य रामेश्वर शर्मा, जिल्ला कमिटी सदस्य कर्ण श्रेष्ठ, नारायण परिश्रमी लगायत ११ जना एमालेमा फर्कनुभएको छ । 
यसैगरी माओवादी केन्द्र परित्याग गरी गुल्मी जिल्लाबाट ४१ जना आज एमाले प्रवेश गर्नुभएको छ । उहाँहरुलाई पनि अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले खादा र अवीर लगाई पार्टीमा स्वागत गर्नुभयो । 
एमाले प्रवेश गर्नेहरुमा माओवादीको राज्य समिति सदस्य (उपत्यका विशेष) चन्द्र बस्नेत,  माओवादीको जिल्ला समन्वय समिति, गुल्मीका दामोदर बस्नेत (विशाल),  प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य तिलक महत, वाईसिएलका गाउँ कमिटी सदस्य पूर्व लडाकू धनबहादुर बस्नेत हुुनुहुन्छ । 
त्यसैगरी, माओवादी केन्द्रका विष्णु बस्नेत, ओमबहादुर बस्नेत, पिताम्बर बस्नेत, हरिबहादुर थापा, बमबहादुर कुँवर, दामोदर अधिकारी, मानबहादुर अधिकारी, डम्बरबहादुर बस्नेत, सरिता बस्नेत, टीकाकुमारी अधिकारी, आकृति बस्नेत, पम्फा बस्नेत, मीना बस्नेत, शान्ती बस्नेत, धनबहादुर बुढा, छविलाल घर्ती, ऋषिराम घर्ती, मीना महत, सुशीला महत, विमल बस्नेत, अशोक बस्नेत, सविता बस्नेत, पदम खड्का, पदम बस्नेत, अनमोल बस्नेत (प्रकाश), विष्णु खड्का, रामप्रसाद थापा, मञ्जु थापा, मानबहादुर घर्ती (दीपक), पुरन घर्ती, मञ्जु बस्नेत, नेत्रबहादुर बस्नेत, सुवास बस्नेत, राहुल महत, कमला बस्नेत, लोकबहादुर बस्नेत र लक्ष्मी बस्नेत पनि एमालेमा प्रवेश गर्नुभयो ।  
कार्यक्रममा नेकपा (एमाले) का महासचिव पोखरेलले नवप्रवेशीलाई स्वागत गर्दै पार्टीमा यथोचित जिम्मेवारी  दिइने वताउनुभयो । 
महासचिव पोखरेलले एमालेलाई जनताको भरोसायोग्य पार्टीका रुपमा स्थापित गरिने वताउँदै मुलुकलाई एमालेले मात्र सही दिशामा अगाडि बढाउने वताउनुभयो । 
नेपाली काँग्रेसले यथास्थितिवादको प्रबद्र्धन गर्ने हुँदा शेरबहादुर देउवाको नेतृत्वमा रहेर समाजवादतर्फको यात्राका कुरा गर्नु भद्दा मजाक हुने वताउँदै महासचिव पोखरेलले समाजवादतर्फको यात्रा चाहने कम्युनिष्ट नेताकार्यकर्ताहरु एमालेमा समाहित हुनुपर्ने विचार व्यक्त गर्नुभयो । 
पार्टी प्रवेश कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य तथा बाग्मती प्रदेश इन्चार्ज काशिनाथ अधिकारी लगायतका नेताहरु उपस्थित हुनुहुन्थ्यो ।