detail-img

अध्यक्ष ओलीले आज सुदूरपश्चिमका तीनवटा  चुनावी सभालाई सम्बोधन गर्नुहुने 

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आज सुदूरपश्चिम प्रदेशका तीनवटा चुनावी आमसभालाई सम्वोधन गर्नुहुने भएको छ ।
अध्यक्ष ओलीले सुदूरपश्चिमका दार्चुला, बैतडी र कञ्चनपुर जिल्लामा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । 
अध्यक्ष ओली ती कार्यक्रमका लागि विहीबार धनगढी पुग्नु्भएको छ । 
अध्यक्ष ओलीले पहिलो सम्बोधन दार्चुलामा विहान ११ बजे गर्नुहुने कार्यक्रम छ भने त्यसपछि क्रमशः बैतडी र कन्चनपुरका आमसभामा सम्बोधन गर्नुहुने छ ।  आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि निर्वाचन आयोगले हिजो कात्तिक १७ गतेदेखि १५ दिन प्रचारप्रसारको अवधि निर्धारण गरेको छ ।