detail-img

संस्कृति र सम्पदा देशका सम्पत्ति हुन्ः पोखरेल 

काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले संस्कृति र सम्पदा  देशका अमूल्य सम्पत्ति भएको बताउनुभएको छ ।  
हरिबोधनी एकादशीको अवसरमा बुढानीलकण्ठ नगरपालिकाको धार्मिकस्थल  बुढानीलकण्ठ मन्दिरमा लागेको मेलामा सहभागी हुँदै वरिष्ठ उपाध्यक्ष पोखरेलले बुढानीलकण्ठ क्षेत्रको बृहत्तर विकासमा आफू सधै सक्रिय रहेको बताउनुभयो । उपाध्यक्ष पोखरेलले मन्दिर दर्शन गर्नुको साथै मन्दिरका पुजारी र अन्य मन्दिरका पदाधिकारीहरुसँग मन्दिरलाई थप व्यवस्थित बनाउने तथा मेलामा आएका भक्तालुहरुलाई सहज बातावरणमै बुढानीलकण्ठको दर्शन गर्ने व्यवस्था मिलाउन   आग्रह गर्नुभएको थियो ।