आज म दार्चुुलाको सदरमुकाम खलङ्गामा पहिलोपल्ट आइपुगेको हुँ । यसभन्दा अगाडि २०७० म गोकुलेमा आएको थिएँ । त्यहाँ मैले यस्तै विशाल आमसभालाई सम्बोधन गर्ने मौका पाएको थिएँ । यस ठाउँमा म आज विशेष उद्देश्यका साथ आएको छुु । दुुईचारवटा कुरा दार्चुुलाबाट, सुुदूूरपश्चिमबाट हामीले अभियान किन सुुरु गर्यौं, किन गर्दैछौंं ? हामी दार्चुुलाबाटै किन सुुरु गर्दैछौं ? दुुईवटा कुरा राष्ट्रियताको प्रश्न र विकासको प्रश्नमा यहाँहरूमा जोड दिन चाहन्छु । पछाडि परेको क्षेत्र र पछाडि परेको समुुदायलाई नेकपा (एमाले) ले समस्या समाधान गरेर अगाडि बढाउँछ, विकासको मूूलधारमा लान्छ भन्ने कुराको सन्देश यहाँबाट प्रवाह गर्न सुुरु गर्न चाहन्छु ।
राष्ट्रियताको प्रश्नमा नेपालले आफ्नो एक इन्च जमिन पनि कसैलाई छोड्नेवाला छैन । एक इन्च जमिन पनि मिच्न दिनेवाला छैन । मिचिएको भए फिर्ता ल्याउँछ भनेर हामीले नक्सा जारी गरेका छौंं र संसद्ले सर्वसम्मत पारित गरेको छ । त्यो कुरा म यहाँहरूसँग आज फेरि ग्यारेन्टी गर्न चाहन्छु ।
हामीले चुनावी घोषणापत्र सङ्घीय र प्रदेश निर्वाचनहरूका लागि २०७९ सालको निर्वाचनको चुनाव घोषणा जारी गरिरहँदा हामीले २० वटा ग्यारेन्टी गरेका छौंं । बालबच्चादेखि, युवा, रोजगारी, कामका अवसर, स्वरोजगार सिर्जना गर्ने कुराहरू, उद्यमशीलतको विकास गर्ने कुराहरूदेखि लिएर महिलाका लागि, सुुकुुम्बासीहरूका लागि यी कामहरू गरेका छौंं । सँगसँगै हामीले नदी नियन्त्रणलगायत सम्पूूर्ण कुराहरूमा ध्यान दिएका छौंं ।
कहीँ केही समस्या पर्दा नेकपा (एमाले) जहिले पनि हाजिर हुन्छ । भुुइँचालो गयो । २७ हजार २७६ घर पार्टीले बनायो, सरकारी खर्चमा होइन । त्यतिबेला सरकारमा एमाले थिएन । पार्टीले निर्माण गरेर पीडितहरूलाई तत्कालका लागि हस्तान्तरण गरेको थियो । सरकारमा हुँदा साढे सात लाख घर निर्माण गरेर पीडितहरूलाई हस्तान्तरण गरेको थियो । बारा पर्सामा हावाहुरीले घरहरू भत्काएपछि केही महिनाभित्र पक्की घर बनाएर पीडितहरूलाई हस्तान्तरण गरेका थियौं । कहीँ पनि नेपालमा अब फुसको छाना हुनु हुँदैन भनेर फुुसको छाना हटाउने टिनको छाना लगाउने अभियान नेकपा (एमाले) को सरकारले म प्रधानमन्त्री हुँदा हामीले सुुरु गरेका थियौं । दार्चुुलामा कतै फुुसको छाना छ भने टिनको छाना सरकारले हाल्दिन्छ, तपाईंहरू ढुुक्क भए हुन्छ बाँकी छ भने । हालिसकेको छ भन्ने ठान्छु ।
ठूलो भारतको सानो चित्त हुनुहुँदैन
दार्चुुलाका समस्याहरू मलाई थाहा छ । यहाँबाट कुन बाटो खोलेर चीनसम्म जाने ? टिङ्कर भञ्ज्याङ्को बाटोका लागि पनि ७०–७५ किलोमिटर चट्टाने बाटो खोल्नुपर्ने छ । भारतले हाम्रो भूूभागबाट अनावश्यक ढङ्गले बनाएर बेकारको झमेला निकाल्यो । हामी आफैँ बनाउने थियौं । म भारतलाई अहिले पनि भन्न चाहन्छुु, नदी वरतिर सर्यो भनेर सीमा वरतिर सर्ने होइन । पहिले नदी भएका ठाउँमा भारतले बाँध लगाउने होइन । ठूूलो भारतको सानो चित्त हुनुु हुँदैन । ठूूलो भारतले सानो चित्त गर्ने होइन । खोलो उता सर्यो कि सीमाना सारिहाल्ने ! यति विशाल भारत छ, थोरै चिम्टी सीमाना सार्छ । यो सुहाउँदैन । नेपाली जनताले यस्तो कुरालाई थिचोमिचोको रूपमा बुुझ्छन् । त्यो कुरा भारतले गर्नुु हुँदैन । म भारतका नेताहरूलाई भनिरहेको छुु । कुराकानीमा मैले यो कुरा उठाएको छुु । यहाँ पक्की पुुल बन्नुुपर्छ ।
तुइनका ठाउँमा पुल बन्छन्
मैले भारत भ्रमणमा जाँदा उत्तराखण्डमा प्रधानमन्त्रीको हैसियतले जाँदा त्यहाँको कृषि विश्वविद्यालयको भ्रमणमा जाँदा त्यसबेला माननीय गणेश ठगुुन्ना पनि मेरो साथै हुनुुहुन्थ्यो । मैले पारिपट्टिका गभर्नर र मुख्यमन्त्री राखेर गणेश ठगुुन्नाजीलाई पनि राखेर तपाईंहरू स्थानीय तवरमा कुरा गर्नुस्, अब झोलुङ्गे पुल बनाउन रोक्नु हुन्न, तुइनबाट काम चल्दैन, हामी झोलुङ्गे पुल बनाउँछौंं, तपाईंहरूले सहमति गर्नुपर्छ, हामी पक्की पुुल बनाउँछौंं, तपाईंहरूले सहमति गर्नुुपर्छ भन्यौं । दिल्लीले पनि सहमति जनायो, उत्तराखण्डले पनि सहमति जनायो । झोलुुङ्गे पुलहरू बनेका छन्, कही पक्की पुुलहरू बनेका छन् । म तपाईंहरूलाई भन्न चाहन्छु, चुनावपछि यहाँ पनि पक्की पुुल बनाइनेछ । दार्चुुला र धार्चुला जोड्ने पक्की पुुल बनाइनेछ ।
मंसिर ४ पछि म किन भन्दैछु, तपाईंहरूलाई राम्ररी थाहा छ । तपाईंहरूले नारा बनाउनुभएको छ । मंसिर ४ ! के भन्नुहुुन्छ तपाईंहरू ? (जनताबाट) ओली सरकार । मंसिर ४ ! ओली सरकार, मंसिर ४ ! ओली सरकार । यो कुरा देशले सुुनेको छ । दार्चुुलाले त्यसका निम्ति गणेश ठगुुन्नालाई बहुमतको सरकार बनाउन एउटा सांसद यहाँबाट पठाउने छ । यहाँ उपस्थित भएको जनसमुुदायको यस जनसागरले ।
यो कुुनै सुगम ठाउँमा होइन, रेल पनि चलेको, ६ लेनका बाटा भएको, बाटैबाटाले भरिएको जनकपुर जस्तो ठाउँमा यो सभा गरिएको होइन । दार्चुला जस्तो भीर पहराले भरिएको ठाउँमा यो सभा गरिएको छ । यसले के बताउँछ ? एमालेले आजबाट सुुरु गरेको यो प्रचार अभियान, यस राष्ट्रिय अभियानको सुुरुवातले के देखाउँछ ? अंग्रेजीमा भनिन्छ– “मोर्निङ सोज द डे ।” बिहानले दिउँसो कस्तो हुनेछ भन्ने देखाउँछ । दिउँसोको मौसम कस्तो हुुन्छ, बिहानले नै बताउँछ । यस सुरुको सभाले, पहिलो सभाले, बत्ती बालेको सभाले हाम्रा विरोधीहरूका आँखा तिर्मिराएका छन् । हामीले दार्चुलाबाट बाल्न सुुरुगरेको बत्तीले नेपाली जनताका आँखा प्रकाशमय हुनेछन्, छर्लङ्ग हुनेछन् । गठबन्धनले फिजाएका भ्रमहरू समाप्त पार्नेछ ।
आज हामीसँग धेरै समय छैन । चुनावपछि म फेरि तपाईंहरूको बीचमा आउने छुु । एकदिन दार्चुला बस्नेगरी आउने छुु । यहाँका हाम्रा युुवा भाइबहिनीहरूले, विद्यार्थीहरूले र अरू अनेक दाजुभाइ दिदीबहिनीहरूले फोटो खिचाउने रहर पनि पूूरा गर्न पाउनुभएको छैन । त्यो रहर पनि पूूरा गर्नु पर्नेछ । त्यसकारण म चुनावपछि फेरि दार्चुला आउने छु । एकदिन यहाँ भेटघाट कार्यक्रम गर्नेछु । तपाईंहरूको रहर पुग्नेगरी फोटो खिच्न म एकदिन बस्नेगरी आउने छु ।
खलङ्गा बजार बग्न दिइँदैन
आज म के भन्न चाहन्छु भने दार्चुला जिल्लाको सदरमुकामको खलङ्गाको एउटा मुख्य समस्या नदी नियन्त्रणको तटबन्धनको समस्या छ । म तपाईंहरूलाई ग्यारेन्टीका साथ भन्न चाहन्छु– तटबन्धन नेकपा (एमाले) ले गर्छ । महाकाली नदीले दार्चुला र खलङ्गा बजार भत्काउन, बगाउन पाउने छैन । त्यसको ग्यारेन्टी एमालेले गर्छ र म गर्छु ।
म धेरै समय नलिऊँ । यहाँ दिलेन्द्र बडु उम्मेदवार हुनुहुन्छ कि क्या हो, हँ ? अब यो सभा देखेपछि दिलेन्द्र बडुजीले काठमाडौंमै बसे हुन्छ । अब यता दुःख नगरे हुन्छ । म तपाईंहरूलाई भन्न चाहन्छु– दिलेन्द्र बडुजी मन्त्री भएर उहाँले के गर्नु भयो ? कालापानीको ‘क’ भन्ने आँट गर्नु भयो उहाँले ? काठमाडौंमा हुँदा दार्चुला सम्झिनुभयो उहाँले ? भोट चाहिएका बेला उहाँले दार्चुला सम्झिनु होला तर काठमाडौंमा हुँदा उहाँले दार्चुला सम्झिनु हुन्न । तपाईं दार्चुलावासी दाजुभाइ दिदीबहिनीहरूलाई सम्झिनु हुन्न । यहाँका समस्याहरू सम्झिनु हुन्न । यहाँको उत्पादन कसरी वृद्धि गर्ने, त्यो उत्पादनलाई यहाँ उपभोग्य वस्तुहरू उत्पादन गरेर यहाँको बजारलाई, यहाँको ठाउँलाई आत्मनिर्भर कसरी बनाउने, यहाँ पनि घरेलु उद्योगहरू स्थापना गर्न सकिन्छ, यहाँ पशुुपालन गर्न सकिन्छ, यहाँ दूधमा आत्मनिर्भर हुन सकिन्छ, अन्नमा सकिएन भने अरू चिजमा आत्मनिर्भर हुन सकिन्छ । त्यसकारण हामी आफ्नो चिज महँगोमा बेच्न सक्छौंं । सस्तोमा चिजहरू किन्न सक्छौंं ।
हामीसँग चरिचरण प्रशस्त छ । जडिबुुटीहरू प्रशस्त छन् । जडिबुुटी लगाउने, जडिबुुटी संकलन गर्ने, प्रशोधन गर्ने, परीक्षण गर्ने, औषधिको रूपमा परिणत गर्ने र त्यसलाई बजारमा पुु¥याउने ती काम गर्न सकिन्छ । यहाँ भेडापलान, चौंरी पालन अनेक चिजहरू गर्न सकिन्छ । त्यसको दूूध र चिजहरू बनाउन सकिन्छ र त्यो निर्यात गर्न सकिन्छ ।
आज दार्चुला विश्वले चिन्ने भएको छ । आज कालापानी विश्वले चिन्ने भएको छ । कालापानीको, दार्चुलाको, व्यास हिमालको फेदको छुर्पी भनेपछि नचपाउने को होला ? व्यास हिमालका फेदको, ओम हिमालका फेदको चिज भनेपछि खान मन नपराउने को होला ? तर, हामीले उत्पादन गर्न र बजार पठाउन सकेका छैनौं । त्यसको व्यवस्था, त्यसको संयोजन अब नेकपा (एमाले) ले गर्छ । त्यसका लागि म यहाँ दार्चुला आएको छु । तपाईंहरूसँग भेट्न आएको छुु । तपाईंहरूको उत्साहलाई हेर्न आएको छुु । म तपाईंहरूलाई धेरैधेरै धन्यवाद भन्न चाहन्छुु ।
तपाईंहरूको यो उत्साह, एमालेप्रति तपाईंहरूको यो विश्वास अत्यन्तै सरानीय प्रशंसनीय छ । म तपाईंहरूलाई धन्यवाद भन्न चाहन्छु । तपाईंहरूको आशा निराशामा परिणत हुनेछैन भन्ने कुरा म ग्यारेन्टी गर्न चाहन्छु । तपाईंहरू जुन आशा लिएर यहाँ जम्मा हुनुुभएको छ, त्यो निराशामा परिणत हुँदैन । तपाईंहरूले जुन अठोट लिएर आउनुभएको छ, त्यस अठोटलाई अझ व्यापक बनाउनुस् । अत्यधिक मतले गणेश ठगुुन्ना र रामदत्त जोशी र हरदेव जोशीसमेतलाई विजयी बनाउनुस् । हामीले केन्द्रमा सरकार बनाउनु छ, प्रदेशमा सरकार बनाउनुु छ । त्यसकारण म तपाईंहरूलाई हार्दिक अनुुरोध गर्न चाहन्छुु ।
अरू दुुई ठाउँमा हाम्रा कार्यक्रमहरू छन् । बैतडीमा पनि कार्यक्रम छ । कञ्चनपुुरमा पनि कार्यक्रम छ । दाजुुभाइ दिदीबहिनीहरू अगाडिदेखि जम्मा भएर बस्नुभएको छ । तपाईंहरूलाई थाहा छ, अरू काम हुन्छन् पुुग्दापुुग्दैका । जस्तो म यहाँ आएको पनि निकैबेर भइसक्यो । कहिले के कुरामा लाग्यौं, कहिले माल्यापर्णमा लाग्यौं । जसले गर्दा यहाँ आइपुुगेपछि पनि तपाईंहरूका बीचमा आउन पनि १ घन्टा लाग्यो । हामीले कञ्चनपुुरको पनि सभा भ्याउनुु पर्नेछ ।
म तपाईंहरूलाई भन्न चाहन्छु– पूर्वपश्चिम राजमार्ग होस् कि महाकाली करिडोर होस्, एमालेबाहेक कसले बनायो ? दार्चुलामा बाटो एमालेले ल्याइपुुर्याएको हो । बाटो सीमानासम्म पुुर्याउने लक्ष्य एमालेले राखेको छ तर त्यो एक दुुई वर्षमा अलिक सम्भव भइहाल्दैन किनभने ८०÷८५ किलोमिटर त चट्टान फोर्नुपर्छ । त्यसकारण सजिलो छैन । हुुम्लाको सिमिकोटसम्म पुुग्न अब केही किलोमिटरमात्रै हामीले खोल्नुपर्दा हामीलाई केही समय लाग्यो सेनालाई दिँदा पनि । यहाँ पनि ठेकदारले बनाउन सक्दैन, सेनालाई दिनुपर्छ र सेनाले त्यो बाटो बनाउन पनि केही वर्ष लाग्छ । तर, यहाँबाट पनि सीमासम्म जोड्ने हाम्रो प्रयास हुनेछ । भारत आपूूmले सीमासम्म जोड्छ । भारतले बाटो हाम्रो भूमिबाट लगेर चीनको सीमासम्म जोड्छ । हामीले सीमासम्म जोड्यो भने उसलाई चित्त दुख्छ, के भएको त्यो ? त्यसकारण यस्तो हुुनुुहुुँदैन ।
यहाँ पक्की पुुल बनाउनेदेखि लिएर सीमा नमिचिकन हाम्रो आफ्नो ठाउँबाट पर्खाल लगाउन, आफ्नो ठाउँबाट नदी नियन्त्रण गर्न पनि म भारत सरकारलाई आग्रह गर्न चाहन्छुु । उहाँहरूले आफ्नो ठाउँबाट गर्नुपर्यो । आफ्नोतर्फ हामी सीमा नमिचिकन लगाउँछौंं ।
म दुुःख व्यक्त गर्न चाहन्छु– केही दिन अगाडिमात्रै पारिपट्टिको ब्लास्टिङले हाम्रो बच्चीको निधन भयो । म दुुःख व्यक्त गर्न चाहन्छुु । कम्पनीले गल्ती भयो भनेर गल्ती स्वीकार गरेको छ किनभने सरकार बोलेर होइन, हामी बोलेर । सुुन्नेबित्तिकै मैले तत्कालै वारिका जनतलाई सूूचना नगरी त्यस्तो काम गर्नु गलत भयो र हाम्रो बच्चीको ज्यान जाने कुरा बहुत दुुःखको कुरा हो । यसमा उनीहरूले क्षमा माग्नुुपर्छ, क्षतिपूूर्ति दिनुुपर्छ भनेर मैले आवाज उठाएपछि बल्ल सरकारले एउटा पत्र बल्ल भोलि कि पर्र्सिपल्ट लेख्यो । तर, कम्पनीले गल्ती महसुस गरिसकेको थियो ।
दार्चुला आएको यस अवसरमा म राष्ट्रवादी नेता, यसै ठाउँका नेता कालापानीका बारेमा आवाज उठाउने प्रेमसिंह धामीलाई स्मरण गर्न चाहन्छुु । मैले उहाँको शालिकमा गएर माल्यापर्ण गरेको छुु र यस कुरालाई स्थापित गर्दा सन् १९९६ मा मेरै नेतृत्वमा कमिटी बनेको थियो । त्यस कमिटीको सदस्य माननीय प्रेमसिंह धामी पनि हुनुुहुन्थ्यो । हामीले कालापानी र यो महाकाली नदीको शिर लिम्पियाधुरा हो भनेर त्यसबेला पनि भनेका थियौं । त्यसबेला हामीले पत्ता लगाएका थियौं, निर्धारण गरेका थियौं र त्यो कुरा हामीले सरकारसमक्ष प्रस्तुुत गरेका थियौं । मलाई गर्व लाग्छ । पछि आएर हामीले त्यसै आधारमा नेपालको सीमाना अहिले पहिले भनिएको जस्तो होइन, एउटा नक्कली किर्ते खोल्सीलाई महाकाली भनेर एउटा डोबिल्को बनाएर, त्यसलाई कालिदह बनाएर एउटा मन्दिर बनाएर काली मन्दिर भनेर त्यहीँबाट पैदा भएको हो महाकाली भनेर खोलो एकातिर छ, तिरतिरे अर्कातिर छ । यो खोल्सीलाई सीमा भनेर नेपालीलाई अब झुुक्याउन मिल्दैन । कालापानी, लिम्पियाधुरा लिपुुलेक गुमाएको हामीले ६० वर्ष भयो । अब फिर्ता हुनुपर्दछ । यो राष्ट्रिय अभिभारा हो । यो राष्ट्रिय अभियान । यो देशभक्तिको जागरण यो नेपाली जागरण हो ।
स्वार्थीहरुको गठजोडबाट देश बन्दैन
विकासको अभियानका लागि, शान्ति सुुव्यवस्था, सुशासनका लागि, समृद्धिका लागि होइन यो गठजोड, ५ दल, ६ दल, ७ दल मिलेर ७ तिर फर्किएकाहरूको स्वार्थको गठजोड हो । यस चुनावमा देशभक्त शक्ति, राष्ट्रवादी शक्ति, विकासप्रेमी शक्ति, शान्तिपूूर्णङ्गले अगाडि बढ्ने शक्ति, स्थायित्व र स्थिरताका लागि काम गर्ने शक्ति, दृष्टिकोण, नीति र कार्यक्रम लिएर देश बनाउने सङ्कल्प बोकेर अगाडि बढेको राष्ट्रिय शक्ति निर्माण गर्नु आवश्यक छ । गठबन्धनले होइन, नेकपा (एमाले) जस्तो राष्ट्रिय शक्तिले जित्नुपर्दछ । म गठबन्धनलाई चुनौती दिन चाहन्छु– गठबन्धनले एमालेले गरेको सभाभन्दा ५÷६ दलले गरेको सभा आधा जनसङ्ख्याको उपस्थिति गराएर देखाऊ, म चुुनौती दिन चाहन्छु । सम्भव छैन ।
आज राष्ट्रिय शक्ति निर्माणको आवश्यकता छ । विभिन्न टाला जोडेर पुुतली बनाउने होइन । सरकार कुनै टाला जोडेर पुुतली बनाउने होइन । एमाले जस्तो राष्ट्रिय शक्ति, देशभक्त शक्ति त्यस्तोको बहुमतको सरकार बनाउनुपर्छ । यसका निम्ति यहाँहरूले ध्यान दिनुुहुनेछ भन्ने म आग्रह गर्न चाहन्छुु ।
मिचिएको भूभाग फिर्ता ल्याउँछौं
लिम्पियाधुरा, लिपुुलेक, कालापानीसहितको हाम्रो भूूभाग फिर्ता ल्याउने छौंं । यो देशमा स्थायित्व र स्थिरता कायम गर्ने छौंं । बलियो राष्ट्रिय शक्ति निर्माण गर्नेछौंं । देशलाई सही बाटो, सही तरिकाबाट विकासको मार्गमा अगाडि बढाउने छौंं । सुुकुुम्बासीका समस्या, गरिब जनताका समस्या, पछाडि परेका जनताका समस्या, युुवाहरूका समस्या समाधान गर्दै सामाजिक न्याय र समानतासहितको समृद्धि हासिल गरेर अगाडि बढ्ने छौंं । नेकपा (एमाले) को तर्फबाट यी कुराहरूको प्रतिबद्धता जाहेर गर्दै, ग्यारेन्टी जाहेर गर्दै म तपाईंहरूसँग फेरि एकपटक एमालेको विजयी सुुनिश्चित गर्न गणेश ठगुुन्नालगायत ३ वटै क्षेत्रमा विजयी बनाएर पठाउन विनम्र आग्रह गर्दै आफ्नो भनाई टुुङ्ग्याउँछु । धन्यवाद !
(नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले २०७९ कात्तिक १८ गते दार्चुलाको खलंगामा आयोजित विशाल चुनावी सभालाई गर्नुभएको सम्बोधनको सम्पादित पूर्णपाठ)