detail-img

मतदातालाई चुनावी फण्डाबाट प्रभावित नहुन आग्रह 

काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष तथा प्रतिनिधि सभा सदस्यका लागि काठमाडौं क्षेत्र नम्बर ५ का उम्मेदवार ईश्वर पोखरेल मतदाताको घरदैलोमा व्यस्त हुनुहुन्छ । 
सोमबार बिहान पोखरेल काठमाडौं महानगरपालिका वडा नम्बर ४ का मतदाताकहाँ पुग्नुभयो । 
सो भेटमा स्थानीय मतदाताले विगतका कामहरुप्रति सन्तोष व्यक्त गर्दै पोखरेललाई बाँकी कामहरू पूरा गर्नका लागि स्मरण गराए । 
स्थानीय रामकुमार राजोपाध्याय लगायतले पोखरेललाई सुझाव  दिनु भएको थियो । ‘देश विकासको एजेण्डा बोकेको पार्टी एमाले मात्रै हो । यो कुरा सबैलाई थाहा भइसकेको छ । यो कुरा युवालाई पनि बुझाउनुपर्ने आवश्यकता छ । यहाँले जितेर आएपछि युवाका लागि विशेष कार्यक्रम ल्याएर अगाडि बढ्नुहोला ।’ 
वरिष्ठ उपाध्यक्ष पोखरेलले मतदाताका सुझावलाई आफूले शिरोपर गर्दै अगाडि बढ्ने वचनबद्वता व्यक्त गर्नुभयो ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले चुनावका बेला अनेक पात्रहरुले सिर्जना गर्ने फण्डाबाट प्रभावित नहुन मतदातालाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो–‘ हामी जे हौँ जनता समक्ष खुलस्त छौँ । जनताको पक्षमा काम गर्न क्रियाशील छौँ । कुनै पनि चुनावी फण्डाबाट जनता प्रभावित हुनुहुँदैन ।’
वरिष्ठ उपाध्यक्ष पोखरेलले आफू मात्रै नभई एमालेका कुनै पनि उम्मेदवार तथा कार्यकर्ताले जनताको शिर झुकाउने काम आजसम्म नगरेको र अब पनि नगर्नेमा ढुक्क हुन मतदातालाई आग्रह गर्नुभयो ।