detail-img

अध्यक्ष ओली आज चितवन र सिन्धुली जानुहुने 

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आज चितवन र सिन्धुली गरी दुईवटा चुनावी आमसभालाई सम्बोधन गर्नुहुने भएको छ । 
अध्यक्ष ओली पहिले चितवन जानुहुने छ भने दिउँसो सिन्धुलीको दुधौलीमा आयोजना गरिएको आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । 
उहाँले शनिबार सुदूरपश्चिमका डोटी र कैलालीका तीनवटा चुनावी सभालाई सम्वोधन गर्नुभएको थियो भने आइतवार कर्णालीका कालीकोट, दैलेख र सुर्खेतमा आयोजना गरिएका विशाल आमसभालाई सम्बोधन गर्नुभएको थियो ।