detail-img

पोलिटव्यूरो सदस्य थापा  प्रतिनिधि सभा सदस्यमा निर्वाचित

प्यूठान । नेकपा (एमाले) का पोलिटव्यूरो सदस्य सूर्य थापा प्यूठानबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । 
उहाँले  सत्ता गठबन्धनकी साझा उम्मेदवार राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललाई ५ हजार २७४ मतको फराकिलो अन्तरले पछाडि पार्दै विजयी हुनुभएको हो ।
थापाले ४१ हजार ११८ मत पाएर विजयी हुँदा पौडेलले ३५ हजार ८४४ मत ल्याउनुभयो ।

कास्की–२ बाट केन्द्रीय सदस्य भट्टराई 

प्रतिनिधि सभा सदस्य विजयी


पोखरा । कास्की निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा (एमाले) की विद्या भट्टराई निर्वाचित हुनुभएको छ । 
एमालेकी केन्द्रीय सदस्य भट्टराईले १६ हजार ९९८ मत प्राप्त गर्नुभएको छ । उहाँ निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका माधव प्रसाद कँडेललाई ४ हजार ५०४ मतले पछाडि पार्दै दोस्रोपटक प्रतिनिधि सभा सदस्यमा विजयी हुनुभएको हो । 
निकटतम प्रतिस्पर्धी कँडेलले १२ हजार ४९४ मत प्राप्त गर्नुभएको छ भने सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा एकीकृत समाजवादीका श्रीनाथ बरालले ९ हजार ६६१ मत पाएर तेस्रो हुनुभयो । 

केन्द्रीय सदस्य गिरी पर्वतबाट 
प्रतिनिधि सभा सदस्य निर्वाचित

पर्वत । पर्वतबाट प्रतिनिधि सभा सदस्यमा नेकपा (एमाले) का  पदम गिरी निर्वाचित हुनुभएको छ । उहाँ २९ हजार ८७२ मत प्राप्त गरी विजयी हुनुभएको हो ।
उहाँका निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका अर्जुन जोशीले २७ हजार ६०९ मत पाउनु भएको छ ।
एमालेका केन्द्रीय सदस्य गिरी  २०७४ मा पनि प्रतिनिधि सभा सदस्यमा विजयी हुनुभएको थियो ।  

रुपन्देही–५ बाट घिमिरे 
प्रतिनिधि सभा सदस्य विजयी 

बुटवल । रुपन्देही निर्वाचन क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा (एमाले) का वासुदेव घिमिरे निर्वाचित हुनुभएको छ । 
एमाले उम्मेदवार घिमिरेले ३६ हजार ८२२ मत प्राप्त गर्नुभएको छ । उहाँसँग प्रतिस्पर्धा गर्नुभएका सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका भरतप्रसाद शाहले २७ हजार १२० मत पाउनु भएको छ । 
घिमिरे तिलोत्तमा नगरपालिकाका पूर्व मेयर हुनुहुन्छ । 

मकवानपुर–२ मा बर्तौला विजयी 

मकवानपुर । मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ बाट नेकपा (एमाले) का महेश बर्तौला विजयी हुनुभएको छ ।
उहाँले सत्तारुढ गठबन्धनका साझा उम्मेदवार नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष विरोध खतिवडालाई पराजित गर्नुभएको हो ।
एमाले वागमती प्रदेश कमिटीका उपसचिव बर्तौलाले ३४ हजार ९१६ मत प्राप्त गर्नुभएको छ भने निकटतम प्रतिद्वन्द्वी खतिवडाले ३० हजार ३९६ मत प्राप्त गर्नुभयो ।

पर्सा– ३ बाट गुप्ता विजयी 

वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा (एमाले) का राजकुमार गुप्ता विजयी हुनुभएको छ । 
उहाँले २४ हजार २६० मत ल्याई विजयी हुनुभएको हो ।