detail-img

केन्द्रीय सदस्य अधिकारी फराकिलो मतान्तरका साथ विजयी 

कपिलवस्तु । कपिलवस्तु निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा (एमाले) का केन्द्रीय सदस्य बलराम अधिकारी निकटतम प्रतिद्वन्द्वीसँग फराकिलो मतान्तरका साथ निर्वाचित हुनुभएको छ ।
उहाँले निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका चक्रपाणि खनाललाई १५ हजार ४२९ मतान्तरले पछाडि पार्दै विजय हासिल गर्नुभएको हो । एमाले नेता अधिकारीले ३३ हजार ६१९ मत पाउँदा  खनालले १८ हजार १९० मत ल्याउनुभयो । 

भण्डारी बैतडीबाट प्रतिनिधि सभा सदस्य निर्वाचित 


बैतडी । प्रतिनिधि सभा सदस्य निर्वाचनमा बैतडीबाट नेकपा (एमाले) का उम्मेदवार दामोदर भण्डारी निर्वाचित हुनुभएको छ ।
सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका नरेन्द्र कुँवरलाई पराजित गर्दै भण्डारी विजयी हुनुभएको हो ।
एमाले सुदूरपश्चिम प्रदेशका अध्यक्ष भण्डारीले ३३ हजार ६११ मत प्राप्त गर्नुभएको छ भने माओवादी केन्द्रका कुँवरले ३२ हजार ८० मत प्राप्त गर्नुभएको छ । 

बाँके–१ बाट ढकाल विजयी 

बाँके । प्रतिनिधिसभा सदस्य निर्वाचनमा बाँके निर्वाचन क्षेत्र नं. १ बाट नेकपा (एमाले) का सूर्य ढकाल विजयी हुनुभएको छ । 
उहाँ २५ हजार २६ मत प्राप्त गरी निर्वाचित हुनुभएको हो । उहाँका  निकटतम प्रतिद्वन्द्वी गठबन्धनका साझा उम्मेदवार युवा तथा खेलकुदमन्त्री माओवादी केन्द्रका महेश्वर गहतराजले १९ हजार ६३२ मत पाउनुभएको छ ।