detail-img

यस कारण खोटाङमा एमालेका गोपीकृष्ण खड्का आशा र भरोसा

खोटाङ । खोटाङको साकेला गाउँपालिका–४ मात्तिमका गोपीकृष्ण खड्काले आर्थिक वर्ष २०६७/०६८ मा तत्कालिन जिल्ला विकास समितिमार्फत कार्यान्वन हुनेगरि मात्तिम–मानेभन्ज्याङ्ग–खिदिमा–पान्धारे सडक (खोटाङ भोजपुर) सडकको नामकरण गरे । आठ लाख विनियोजन गराएर सडक विस्तार गर्ने नेतृत्व पनि गरे । यस्तै, खड्काकै पहल र नेतृत्वमा २०६७ सालमा मात्तिममा नेपाल टेलीकमको मोबाइल टावर राख्ने काम गरिए । टावर राखेपछि मात्तिम, टेम्मा, याम्खा, लफ्याङ, राजापानी लगायतका स्थानीय लाभान्वित भए ।

यी खड्काको व्यक्तिगत पहल कदमीबाट मात्तिममा भएका विकास निर्माणका विवरणहरु हुन् । साविकको मात्तिम–६ मा तावा खोलाबाट २०६८ साल साउन २ गते १९ किलोवाट क्षमताको विद्युत उत्पादन गरिए जसको नेतृत्वमा उनै खड्का थिए । मात्तिम मानेभञ्ज्याङमा इलाका प्रहरी कार्यालय स्थापना गर्ने पहल कदमी पनि खड्काकै थियो । हाल काठ्माण्डौं महानगरपालिका–३२ अनामनगर, काठमाडौंमा अस्थायी बसोबास गरिरहेका खड्काले आफ्नो जन्मथलोका लागि गरेका योगदानको फेरिस्त लामो छ ।

आफ्नो गाउँठाउँको विकास र परिवर्तनका लागि पहिल्यैदेखि लागिपरेका खड्का हाल साकेला गाउँपालिकाको गाउँपालिका अध्यक्ष बन्ने दौडमा छन् । समाजसेवा र राजीनितीमा छुट्टै पहिचान बनाइसकेका खड्कालाई एमालेले अध्यक्षको टिकट दिएको हो । हाल उनी चुनावी दौडधुपमा छन् । संमृद्ध साकेला गाउँपालिका बनाउने लक्ष्यका साथ अध्यक्षमा उठेको खड्का बताउँछन् । उनले २०५१ सालमा एमालेको संगठित सदस्यता प्राप्त गरेका थिए ।

जसले पञ्धानपञ्च माथि धावा बोले
खड्काको राजनैतिक यात्रा अनेरास्वबियुबाट २०३७ साल भदौदेखि सुरु भएको हो । २०३८ सालमा उनी बालबालिका निमाबिमा अध्ययन गर्थे । मात्तिम गाउँपञ्चायतका तत्कालित प्रधानपञ्चले पञ्चायती व्यवस्थाको आडमा जनता र पञ्चायत इतर व्यक्तिलाई अन्याय गरिरहेका थिए । त्यसको बिरुद्ध भण्डाफोर गर्ने सिलसिलामा खड्काले प्रधानपञ्च माथि हात हाल्न अघि सरेका थिए । उनी बिरुद्ध पक्राउ पुर्जी जारी भयो, एक वर्ष स्कुलबाट रेष्टीकेटमा परे । तर, नेता कुलप्रसाद शर्मा (पुर्व सांसद)ले घटनाको जिम्मेवारी लिएपछि उनी पक्राउ पर्नबाट जोगिएका थिए । त्यसपछि पनि उनी पञ्चायत बिरुद्धका कार्यक्रममा सक्रियातापुवर्क लागिरहे ।

२०४२ सालको राष्ट्रिय पञ्चायतको निर्वाचनको विरोध गरी जनपक्षिय उम्मेदवारलाई जिताउन भूमीका निर्वाह गरे, २०४५ सालमा रत्नराज्य लक्ष्मी क्याम्पसमा प्राक नाइट सिफ्टको अध्यक्ष भएर काम गरे, २०४६ सालको जनआन्दोलनमा रत्नराज्य लक्ष्मी क्याम्पसबाट पक्राउ परी ३ दिन महेन्द्र पुलिस क्लवमा थुनिए, २०४७ सालमा अनेरास्ववियु खोटाङ–काठमाडौं सम्पर्क कमिटीको सदस्य बनेर काम गरे, २०४९ सालमा अनेरास्ववियु खोटाङ–काठमाडौं सम्पर्क कमिटीको सम्मेलनवाट सचिव बनेर २ वर्ष जिम्मेवारी सम्हालेका थिए ।

सामाजिक संघसंस्थामा गोपीकृष्ण
सामाजिक संघसंस्थामा पनि खड्काको उपस्थिति बलियो छ । पेशा तथा व्यवसायका क्रममा काठ्माण्डौं पुगेका मात्तिमबासीलाई समेटेर २०६० सालमा मात्तिम सेवा समाज स्थापना गर्न पहल कदमी चाले । आफु महासचिव बनेर काम गरे ।
मात्तिम सेवा समाजको महासचिव हुँदै उनी अध्यक्ष बने । त्यसबीचमा शिक्षा, स्वास्थ्य, खानेपानी, सिँचाई, विधुत, सडक, टेलिफोन सेवा (मोवाईल), इलाका प्रहरी कार्याल स्थापना लगायतका सामाजिक कार्यमा अग्रसर बने ।

राजनैतिक संघसंगठन यात्रा
खड्काले नेकपा एमाले खोटाङ–काठमाडौं सम्पर्क मञ्च र सगरमाथा अञ्चल सम्पर्क कमिटिमा विभिन्न पदमा आवद्ध बनेर काम गरिसकेका छन् । २०५३ सालमा नेकपा एमाले खोटाङ–काठमाडौं सम्पर्क मञ्च निर्वाचन क्षेत्र नं २ को अध्यक्ष, २०५४ सालमा सम्पर्क मञ्चको सदस्य, २०५७ सालमा सचिव, २०५९ सालमा उपाध्यक्ष बनेर काम गरेका थिए ।

यस्तै, २०६२–२०६५ भदौसम्म सम्पर्क मञ्चको अध्यक्ष, २०६२–२०६५ कात्तिकसम्म नेकपा एमाले सगरमाथा अञ्चल काठमाण्डौ सम्पर्क मञ्चको पदेन सदस्य, २०६५ पुसदेखि सदस्य, २०६६ माघ २ गते देखि सचिवालय सदस्य बनेर काम गरे । उनले २०६५ फागुनमा वुटवलमा भएको एमालेको आठौं राष्ट्रिय महाधिवेशनमा प्रतिनिधि र २०७१ असारमा भएको नवौं राष्ट्रिय महाधिवेशनमा खाद्य उपसमितिमा रहेर कार्य गरेका थिए ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेडमा आवद्ध खड्का २०४६ सालमा खानेपानी संस्थानमा जनआन्दोलन कर्मचारी सयुक्त संर्घष समितिको सचिव बने । हडताल र वन्दमा कर्मचारीलाई उतार्न सकृय रुपमा लागे । जनआन्दोलन पछि कर्मचारी संघ तदर्थ समितीे गठन गरी सदस्यमा बसे । २०५१ मा खानेपानी संस्थान कर्मचारी संगठन केन्द्रीय कमिटि अध्यक्ष बनेर २ वर्ष काम गरे, २०५३ मा खानेपानी संस्थान कर्मचारी संगठन केन्द्रीय समिती आधिकारीक टे«ड यृनियनको निर्वाचित केन्द्रीय अध्यक्ष बनेर २ वर्ष बिताए, २०५५/२०५६ र २०५७/२०५८ मा संगठनको केन्द्रीय सदस्यका रुपमा काम गरे ।

यस्तै, २०५९ सालदेखि २०६५ सालसम्म खानेपानी संस्थान कर्मचारी संगठन केन्द्रीय कमिटिका अध्यक्ष, २०६२ सालमा पेशागत महासंघ नेपाल राष्ट्रिय समितिको राष्ट्रिय परिषत सदस्य, २०६६ साल बैसाख २० देखि पेशागत महासंघ नेपालको केन्द्रिय सदस्य, २०६९ वैसाख २६ देखि पेशागत महासंघ नेपालको राष्ट्रिय समितिको सचिव बनेर ३ वर्ष काम गरिसकेका छन् ।