detail-img

इलाम–१ बाट बस्नेत प्रतिनिधि सभा सदस्य निर्वाचित 

इलाम । इलाम निर्वाचन क्षेत्र नं. १ मा नेकपा (एमाले) का उम्मेदवार महेश वस्नेत एकीकृत समाजवादीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई हराउँदै प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको छ ।
उहाँले सत्ता गठबन्धनका साझा उम्मेदवार खनाललाई २ हजार ५०२ मतान्तरले पछाडि पार्दै विजयी हुनुभएको हो । आज सार्वजनिक निर्वाचन परिणामअनुसार एमाले उम्मेदवार बस्नेतले २४ हजार ३०४ मत प्राप्त गर्नुभएको छ भने खनालले २१ हजार ८०२ मत ल्याउनुभयो ।