detail-img

नेतृ चौधरी सुनसरी–३ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित

इटहरी । सुनसरी निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा (एमाले) उम्मेदवार भगवती चौधरी निर्वाचित हुनुभएको छ । 
नेकपा (एमाले) कि केन्द्रीय सदस्य चौधरीले सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदारलाई ५ हजार १८८ मतको फराकिलो अन्तरमा पराजित गर्नुभयो । 
उहाँले ४० हजार ७८८ मत प्राप्त गर्नुभएको छ भने गच्छदारले ३५ हजार ६०० मत ल्याउनुभयो । 
यस क्षेत्रका दुबै प्रदेश सभा सदस्यमा एमालेका उम्मेदवारहरु निर्वाचित हुनुभएको छ । क्षेत्र नं. ३(१) बाट रोहित कार्की र ३(२) बाट रामदेव यादव विजयी हुनुभएको हो ।