काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा शनिवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टी केन्द्रीय सचिवालयको चौधौं बैठकले प्रतिनिधि सभा तथा प्रदेश सभामा समानुपातिकतर्फबाट निर्वाचित हुने उम्मेदवारहरूको अन्तिम सूचिबारे निर्णय गरेको छ ।
बैठकले प्रतिनिधि सभामा ३४ जना र सातै प्रदेश गरी प्रदेश सभामा निर्वाचित हुने ७० जनाको नाम टुङ्गो लगाएको हो । पार्टीले यस अघि निर्वाचन आयोगमा पठाएको समानुपातिकतर्फका उम्मेदवारको बन्दसूचिबाट निर्वाचित हुनेहरूको नामबारे आज निर्णय गरेको हो ।
बैठकलाई सम्बोधन गर्दै अध्यक्ष क. केपी शर्मा ओलीले निर्वाचन परिणाम र पार्टीको आगामी कार्यभारका विषयमा धारणा प्रस्तुत गर्नुभएको थियो ।
अध्यक्ष ओलीले मंसिर ४ गते सम्पन्न निर्वाचन परिणामबाट मुलुक अस्थिरतातर्फ जाने अवस्था देखिएको बताउँदै क्षयीकरण भइरहेको सामाजिक मूल्य मान्यता र आर्थिक सङ्कटतर्फ धकेलिएको मुलुकलाई सही बाटोमा ल्याउन पार्टीले भूमिका निर्वाह गर्नुपर्ने भन्नुभयो ।
बैठकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारहरूको अन्तिम सूचि निर्वाचन आयोगमा पठाउने निर्णय गरेको छ ।
यही मंसिर ४ गते सम्पन्न निर्वाचनमा नेकपा (एमाले) ले समानुपातिकतर्फ सर्वाधिक मत प्राप्त गरेको छ । सो अनुसार नेकपा (एमाले) बाट प्रतिनिधिसभा सदस्यमा ३४ जना र सात प्रदेशसभामा ७० जना प्रदेशसभा सदस्य गरी १०४ जना निर्वाचित हुनुहुने छ । प्रदेश–१ मा १५ जना, मधेश प्रदेशमा ८ जना, बागमतीमा–१४ जना, गण्डकीमा–१० जना, लुम्बिनीमा ११ जना, कर्णालीमा ५ जना र सुदूरपश्चिममा–७ जना निर्वाचित हुनुहुने भएको छ ।
सो अनुसार पार्टीले निर्वाचन आयोगमा पठाएको नामावली यसप्रकार छः
प्रतिनिधिसभा समानुपातिक सूचि
खस आर्य समूह
पुरुष
1. रघुजी पन्त काठमाडौं
2. एकनाथ ढकाल गोरखा
3. दयालबहादुर शाही बाजुरा (पिछडिएको क्षेत्र)
महिला
1. मेनका कुमारी पोखरेल दाङ
2.। सरिता भुसाल नवलपरासी
3. शोभा ज्ञवाली बर्दिया
4. विजुला रायमाझी अर्घाखाँची
5. निर्मला कोइराला सिन्धुली
6. सम्झना थपलिया सिरहा
7. दीपा शर्मा दैलेख
8. सुनिता बराल झापा
आदिवासी जनजाती
पुरुष
1. देवी प्रकाश भट्टचन बागलुङ
2. हेमराज राई भोजपुर
3. कालुराम राई झापा
महिला
1. नैनकला थापा मगर रुपन्देही
2. सूर्यकुमारी श्रेष्ठ दैलेख
3. उर्मिला थेवे ताप्लेजुङ
4. ईश्वरी घर्ति रोल्पा
5. रणकुमारी बलम्पाकी मगर सिन्धुली
6. शान्ति श्रेष्ठ काठमाडौं
7. सरस्वती सुब्बा सर्लाही
थारु
1. आस्मा कुमारी चौधरी दाङ
2. शान्ति चौधरी बर्दिया
दलित
पुरुष
1. ईश्वरबहादुर रिजाल (बि.क) दोलखा
2. प्रभु हजारा दुसाध पर्सा
3. चन्द्रबहादुर बिश्वकर्मा रुकुम पश्चिम
महिला
1. रुक्मिणी राना बराइली काभ्रे
2. हर्कमाया बिश्वकर्मा झापा
मधेसी
पुरुष
1. गंगाप्रसाद यादव सिरहा
2. अमृतलाल राजवंशी झापा
महिला
1. वीना देवी रौतहट
2. अमृतादेवी अग्रहरी कपिलवस्तु
3. प्रतिक्षा तिवारी मुखिया धनुषा
मुस्लिम
1. सराज अहमद फारुकी कपिलवस्तु
प्रदेशसभा समानुपातिक सूचि
सुदूरपश्चिम प्रदेश
खसआर्य
1. राजेन्द्र सिंह रावल कञ्चनपुर
2. धर्मराज पाठक कैलाली
महिला
1. सन्तोष कुमारी शर्मा (थापा) कैलाली
2. जानकी एयर बम बैतडी
3. निर्मला देवी साउद डोटी (पिछडिएको क्षेत्र)
थारु
1. कोइलीदेवी चौधरी कैलाली
दलित
पुरुष
1. हिरा सार्की कञ्चनपुर
कर्णाली प्रदेश
खसआर्य
पुरुष
1. कलबहादुर हमाल हुम्ला (पिछडिएको क्षेत्र)
महिला
1. दक्षिणा शाही कालिकोट
2. तुलसा मल्ल रुकुम पश्चिम
आदिवासी जनजाती
1. नन्दा गुरुङ सुर्खेत
दलित
1. गमता बि.क दैलेख (पिछडिएको क्षेत्र)
लुम्बिनी प्रदेश
खस आर्य
पुरुष
1. गिरीधारीलाल न्यौपाने कपिलवस्तु
महिला
2. जानकी न्यौपाने रुपन्देही
3. बसन्ती न्यौपाने बाँके
आदिवासी जनजाती
महिला
1. सरिता पुन रुकुम पूर्व
2. यमुना रोका रोल्पा
थारु
महिला
1. सीता शर्मा चौधरी दाङ
2. भगवतीकुमारी थरुनी रुपन्देही
दलित
महिला
1. इन्द्राकुमारी गहतराज पाल्पा
2. रेखा कुमारी शर्मा दाङ
मधेसी
1. शान्ति लोध रुपन्देही (अल्प संख्यक)
मुस्लिम
1. सायरा बानो बाँके
गण्डकी प्रदेश
खसआर्य
पुरुष
1. कृष्ण प्रसाद पाठक बाग्लुङ
2. प्रकाश बहादुर केसी कास्की
महिला
1. यशोदा रिमाल लमजुङ
2. देवका पहारी (त्रिपाठी) कास्की
आदिवासी जनजाती
पुरुष
1. लीलबहादुर थापा मगर बागलुङ
महिला
1. बिना थापा बागलुङ
2. निर्मला थापा स्याङ्जा
3. राज कुमारी भुजेल कास्की (अल्प संख्यक)
दलित
पुरुष
1. गोविन्द बहादुर नेपाली बागलुङ
महिला
1. नन्दकला दमै कास्की
बाग्मती प्रदेश
खसआर्य
पुरुष
1. दिनेशचन्द्र देवकोटा काठमाडौं
2. हरि प्रसाद सापकोटा चितवन
महिला
1. भारती पाठक मकवानपुर
2. अप्सरा चापागाई (घिमिरे) ललितपुर
3. माया कुमारी कार्की रामेछाप
आदिबासी जनजाती
पुरुष
1. आनन्द कुमार श्रेष्ठ रामेछाप
2. ज्ञान बहादुर तामाङ काभ्रे
3. ठूला थामी दोलखा
महिला
1. विन्दु श्रेष्ठ काठमाण्डौ
2. माईली तामाङ्ग सिन्धुपाल्चोक
3. सुकुमाया तामाङ्ग सिन्धुली
4. सकुन्तला श्रेष्ठ (राजभण्डारी) भक्तपुर
5. उर्मिला सुनुवार दोलखा (अल्प संख्यक)
दलित
1. बालकुमारी विश्वकर्मा काठमाडौ
मधेस प्रदेश
आदिवासी जनजाती
1. मञ्जुकुमारी थापा मगर बारा
दलित
1. पलटी देवी महरा धनुषा
मधेसी
पुरुष
1. जयचन्द्र प्रसाद पटेल रौतहट
महिला
1. पल्टी देवी यादव धनुषा
2. फुलो कुमारी देवी धनुषा (अल्पसंख्यक)
3. विना देवी शर्मा पर्सा (अल्पसंख्यक)
4. शिला यादव धनुषा
मुस्लिम
1. नाजिमा खातुन धनुषा
प्रदेश १
खसआर्य
महिला
1. शीला दीक्षित कार्की मोरङ्ग
2. तारादेवी ढकाल झापा
3. निरादेवी खनाल (आचार्य) सुनसरी
4. गीता देवी रेग्मी उदयपुर
आदिवासी जनजाति
महिला
1. सृजना दनुवार उदयपुर (अल्पसंख्यक)
2. कमला थापा मगर झापा
3. मिना श्रेष्ठ सुनसरी
4. सृजना राई भोजपुर
5. मालति कुमारी लिम्बु मोरङ्ग
6. लहरुमाया जिमी (याक्खा) सुनसरी (अल्पसंख्यक)
पुरुष
1. नम्बरलाल धिमाल झापा (अल्पसंख्यक)
थारु
1. ललिता कुमारी चौधरी मोरङ्ग
दलित
1. कमला दर्नाल तेह«थुम
मधेसी
1. गीता रानी महतो मोरङ्ग
मुस्लिमः
1. नुरशादी वेगम मोरङ्ग
बैठकले चौतर्फी घेराबन्दीका बीच प्रतिनिधि सभा र प्रदेश सभा सदस्यमा पार्टीका निर्वाचित सबै उम्मेदवारहरूलाई हार्दिक बधाई ज्ञापन गरेको छ । साथै, नेकपा (एमाले) लाई समानुपातिकतर्फ सर्वाधिक मत दिई देशको लोकप्रिय पहिलो पार्टी र प्रत्यक्षतर्फका एमाले उम्मेदवारलाई विजयी बनाउनु हुने आम मतदाताप्रति हार्दिक धन्यवाद ज्ञापन गरेको छ ।