detail-img

पार्टीविरूद्ध लागेका भुसाल र साह लगायतलाई कारवाही 

काठमाडौं । नेकपा (एमाले) केन्द्रीय सचिवालयको आज बसेको बैठकले पार्टीविरुद्धमा लाग्ने स्थायी कमिटी, केन्द्रीय कमिटी र केन्द्रीय निकायका सदस्यहरूलाई कारबाही गरेको छ । 
अध्यक्ष क. केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले स्थायी कमिटी सदस्यहरू घनश्याम भुसाल र प्रभु साह, केन्द्रीय कमिटी सदस्यहरू उपेन्द्र साह (रौतहट), कुन्दन कुशवाह (रौतहट), रामप्रित राम (सिरहा), बद्री न्यौपाने (सर्लाही), रीता साह (सर्लाही), गंगा चौधरी (दाङ), टेकबहादुर बलम्पाकी मगर (महोत्तरी), केन्द्रीय निकायका वाङ्दी शेर्पा (ताप्लेजुङ), खेम सुवेदी (कञ्चनपुर), भक्तबहादुर अधिकारी (कञ्चनपुर), लक्ष्मी साह (कैलाली) लाई पार्टीबाट निष्काशित गरेको छ । 
यसैगरी बैठकले समानुपातिकतर्फको बन्दसूचिमा नाम रहेकी जैनव खातुन पार्टीविरोधी गतिविधिमा लागेकाले निजको नाम सूचिबाट हटाउने निर्णय गरेको छ ।