detail-img

कार्की प्रदेश–१ मा एमाले संसदीय दलको नेता चयन

काठमाडौं । प्रदेश–१ को प्रदेश सभा नेकपा (एमाले) संसदीय दलको नेतामा स्थायी कमिटी सदस्य हिक्मत कार्की सर्वसम्मत चयन हुनुभएको छ । 
आइतबार विराटनगरस्थित एमाले संसदीय दलको कार्यालयमा बसेको संसदीय दलको बैठकले कार्कीलाई दलको नेता चयन गरेको हो । 
नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा प्रदेश–१ का इन्चार्ज देवराज घिमिरेको उपस्थितिमा बसेको बैठकमा प्रदेश सभा सदस्य तिलकुमार मेयाङ्वोको प्रस्ताव र अर्का प्रदेश सभा सदस्य रेवतीरमण भण्डारीको समर्थनमा कार्की  दलको नेतामा सर्वसम्मत चयन हुनुभएको प्रदेश सभा सदस्य होमबहादुर थापाले वताउनुभयो । कार्की झापा निर्वाचन क्षेत्र नं.५(१) बाट प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको हो । प्रदेश–१ को प्रदेश सभामा एमालेका ४० जना सदस्य हुनुहुन्छ ।