detail-img

अधिकारी गण्डकी प्रदेशसभामा संसदीय दलको नेता चयन 

 काठमाडौं । नेकपा (एमाले) गण्डकी प्रदेश सभा संसदीय दलको नेतामा स्थायी कमिटी सदस्य खगराज अधिकारी सर्वसम्मत चयन हुनुभएको छ । 
नेकपा (एमाले) गण्डकी प्रदेश सभा संसदीय दलको आइतबार बसेको बैठकले अधिकारीलाई संसदीय दलको नेता चयन गरेको हो । 
नेकपा (एमाले) का उपमहासचिव पृथ्वी सुब्बा गुरूङको प्रमुख आतिथ्यमा बसेको बैठकमा प्रदेश सभाका सबै सदस्यहरूको उपस्थिति रहेको थियो । गण्डकी प्रदेश सभामा एमालेबाट २२ जना सदस्य हुनुहुन्छ । 
गण्डकी प्रदेशका विभिन्न जिल्लाबाट निर्वाचित प्रतिनिधि सभाका सदस्यहरूको समेत सहभागिता रहेको उक्त बैठकमा पार्टीका सचिव तथा गण्डकी प्रदेश इन्चार्ज पदमा अर्यालले नवनिर्वाचित दलका नेतालाई बधाई दिँदै शुभकामना मन्तव्य राख्नुभएको पार्टीका केन्द्रीय सदस्य तथा प्रदेश सभा सदस्य भीम कार्कीले वताउनुभयो ।