detail-img

थपलिया बाग्मती प्रदेशसभामा संसदीय दलको नेता चयन

 काठमाडौं । नेकपा (एमाले) बाग्मती प्रदेश सभा संसदीय दलको नेतामा केन्द्रीय सदस्य जगन्नाथ थपलिया सर्वसम्मत चयन हुनुभएको छ । 
नेकपा (एमाले) बाग्मती प्रदेश सभाको हेटौंडामा आज बसेको बैठकले  थपलियालाई संसदीय दलको नेता चयन गरेको हो । प्रदेश सभा सदस्य डा. दिनेशचन्द्र देवकोटाको प्रस्ताव र मधुसूदन पौडेलको समर्थनमा संसदीय दलको नेता चयन हुनु भएका थपलिया चितवन निर्वाचन क्षेत्र नं.१(१) बाट प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको हो ।