detail-img

स्वतन्त्र सांसद साहलाई पार्टीमा स्वागत

काठमाडौं । प्रतिनिधि सभाका स्वतन्त्र सांसद किरण कुमार साह नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ । 
अध्यक्ष केपी शर्मा ओलीले सोमबार साँझ बालकोटमा स्वतन्त्र सांसद साहलाई खादा र अवीर लगाई पार्टीमा स्वागत गर्नुभयो । 
उहाँ रौतहट निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा  निर्वाचित हुनुभएको हो ।
उक्त अवसरमा अर्थमन्त्री तथा पार्टीका उपाध्यक्ष विष्णु पौडेल, रौतहटका नेताहरू अजयकुमार गुप्ता, राजकिशोर यादव लगायतको उपस्थिति रहेको थियो ।