detail-img

प्रवासी नेपालीको हितमा काम गर्ने आयोग गठन गर्न आग्रह 

काठमाडौं । भारत प्रवासमा रहेका नेपालीहरूको संस्था प्रवासी नेपाली संघ, भारतले प्रवासी नेपालीका समस्या, उनीहरूका हकहित र अधिकार, राष्ट्रियता लगायतका विषयमा ध्यानाकर्षण गराउँदै सरकारलाई ज्ञापनपत्र बुझाएको छ । 
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आज बुझाइएको  १२ बुँदे ज्ञापनपत्रमा प्रवासी नेपालीका समस्या समाधान र हकहितमा काम गर्ने प्रवासी आयोग वा कुनै संयन्त्र गठन गर्न माग गरिएको छ । 
नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रवासी नेपाली संघ भारतका इन्चार्ज हरिप्रसाद घिमिरे, संघका अध्यक्ष लोकनाथ भण्डारी  र महासचिव  टीका पौडेलद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा नेपालको नयाँ नक्शा बमोजिमको कालापानी क्षेत्रमा भारतको अतिक्रमणमा रहेको भूभाग फिर्ताका लागि कूटनीतिक पहल गर्न पनि अनुरोध गरिएको छ । 
प्रधानमन्त्रीलाई बुझाइएको ज्ञापन पत्र यस प्रकार छः