detail-img

जबजले हाम्रो गन्तव्य र बाटो देखाएको छ



केपी शर्मा ओली, अध्यक्ष  
आज नेपाली जनताका अत्यन्तै प्रिय आदरणीय जननेता मदन भण्डारीको ७१औं जन्मदिन । यस घडीमा म उहाँप्रति आदर, सम्मान, श्रद्धा अर्पण गर्न चाहन्छु । उहाँले नेपाली समाजका लागि जे दिनु भएको छ, सबैभन्दा महत्वपूर्ण विचार । त्यसका निम्ति उहाँप्रति नेकपा एमालेको तर्फबाट र प्रगतिगामी जनता, न्यायपूर्ण र समृद्ध समाज बनाउनुपर्छ भन्ने सबै जनताको तर्फबाट आभार पनि व्यक्त गर्न चाहन्छु । 
आज यस सन्दर्भमा हामीले अलिकति विचार गोष्ठी जस्तो पनि राखेका छौं र सम्मान गर्ने कार्यक्रममार्फत कृषि र शिक्षा क्षेत्रका महत्वपूर्ण पक्षहरूमा प्रकाश पनि पार्ने काम भएको छ । सँगसँगै कार्यक्रमलाई हामीले उल्लासमय, जागरणयुक्त र संकल्पयुक्त बनाउने पनि काम गरेका छौं । यी सबै पक्षको म तारिफ गर्न चाहन्छु, प्रशंसा गर्न चाहन्छु । फेरि एक पटक म सम्मानित हुने कृष्ण राईज्यू जसले कृषि क्षेत्रमा के गरिरहनु भएको छ ? किन गर्नु भएको छ र त्यो उहाँले गरिरहेको काम के हो ? भन्ने कुरा उहाँ आफैँले बताइसक्नुभएको छ । उहाँले गरिरहेको काम र त्यस काममार्फत उहाँले देखाउनु भएको बाटो, उहाँले पु¥याउनु भएको योगदान अत्यन्तै प्रशंसनीय छ । त्यसको म प्रशंसा गर्न चाहन्छु, कदर गर्न चाहन्छु । आपूmले सम्मान प्राप्त गरेको सन्दर्भमा जुन विचारहरू उहाँले व्यक्त गर्नु भएको छ, मैले धेरै गोष्ठीहरूमा यति संक्षिप्तमा यति गहन विचारहरू कृषि क्षेत्रको सन्दर्भमा, कृषिको आधुनिकीकरणको सम्बन्धमा विद्वत वर्गबाट पनि कम सुनेको छु । जुन अत्यन्त छोटकरीमा यति महत्वपूर्ण कुराहरूतर्फ उहाँले हाम्रो ध्यानआकर्षित गर्नुभएको छ । त्यो असाधारण छ । म उहाँलाई बधाई भन्न चाहन्छु, शुभकामना भन्न चाहन्छु । 
मलाई लाग्छ दिशावोधको अर्को अङ्कमा अथवा अर्को कुनै सन्दर्भमा उहाँका आजका विचारहरूको उतार अवश्य प्रकाशित हुनेछ । ढिलो नगरिकन अब प्रशारित गर्न जरुरी छ । 
अर्को शिक्षाको क्षेत्रमा प्रेरणा स्कुल साँच्चैको प्रेरणाको रूपमा रहेको हामीले सुन्यौं, पायौं । म प्रभा चालिसेज्यूलाई गरेको सम्मान पनि उपयुक्त पात्रले प्राप्त गर्नु भएको छ भन्ने ठान्छु । म उहाँलाई बधाई भन्न चाहन्छु, उहाँको कामको प्रशंसा गर्न चाहन्छु । उहाँको प्रेरणा परिवार वास्तवमा देशका लागि केही गरौं भन्ने भावना, उत्साह, आत्मविश्वास त्यसभित्र देखिन्छ । शिक्षाको ज्योति कुनै कारणले निश्चित समयावधि, निश्चित उमेरभित्र प्राप्त गर्नबाट वञ्चित भइयो भने पनि ढिलो भएपछि हुँदैन भन्ने होइन त्यसलाई फेरि प्राप्त गर्ने कोसिस गर्नुपर्छ । त्यसका निम्ति महिला दिदीबहिनीहरूलाई प्रेरणा दिने, जागरूक बनाउने काम र त्यसको प्रतिफलको पनि उहाँले व्याख्या गर्नु भयो । हाम्रो उत्पादनले राम्रो बजार पाएको छ भन्ने कुरा, आफ्ना विद्यालयका विद्यार्थीहरू आज कहाँ कहाँ पुगेका छन्, कुन कुन हैसियत प्राप्त गरेका छन्, के के सफलता प्राप्त गरेका छन् भन्ने कुरा पनि उहाँले बताउनु भएको छ । 
म यस्ता प्रेरणादायी काम गर्ने व्यवहारिक रूपमा समाज परिवर्तनका लागि नेतृत्व गर्ने व्यक्तिहरूको मुक्तकण्ठले प्रशंसा गर्न चाहन्छु । उहाँहरूको छनोटका लागि छनोट समितिलाई पनि धन्यवाद भन्न चाहन्छु । उहाँहरूको पनि प्रशंसा गर्न चाहन्छु । छनोट सजिलो कुरा हुँदैन । छनोट धेरै जटिल कुरा हो । उहाँहरू दुई जनाले मात्रै काम गर्नु भएको छ भन्ने होइन । कृषि क्षेत्रमा कृष्ण राईजीले मात्र काम गर्नु भएको छ भन्ने होइन, अरू पनि थुप्रैले गर्नु भएको होला । त्यसमध्ये छनोट हो । 
किसान महासंघले विभिन्न प्रशिक्षण कार्यक्रमहरू, तालिम कार्यक्रमहरू, सीपमूलक तालिम कार्यक्रमहरू, कृषिसम्बन्धी सञ्चालन गर्दा राईजीलाई लिएर जानू र किसानहरूको एउटा राष्ट्रिय गुरु बनाउन जरूरी छ । उहाँले त्यो काम गर्न सक्नुहुन्छ र उहाँको कृषिसम्बन्धी बुझाई धेरै गहिरो मैले पाएँ । यस अभियानलाई लिएर जान जरूरी छ । अहिलेसम्म पनि प्रेरणादायी विद्यालयहरूको जरूरी छ । किनभने अहिले पनि गरिबीका कारणले कलिलो उमेरमा विवाह भएर शिक्षाबाट वञ्चित भएका महिलाहरू थुप्रै हुनुहुन्छ । उहाँहरूलाई शिक्षाबाट वञ्चित भएको भई गर्नुपर्ने अवस्थाबाट बाहिर निकाल्न जरूरी छ । त्यसका निम्ति यस्तो व्यक्तित्वहरू एउटा प्रेरक व्यक्तिको रूपमा अभियन्ताको रूपमा परिचालित हुन जरूरी छ । 
आज देश विदेशका खर्चमा विभिन्न अभियन्ता, कर्मीहरू भेटिन्छ तर प्रतिफल चाहिँ के निस्कियो ? कतिले स्नातक गरे ? कतिले स्नातकोत्तर ? वा कतिले जीवनस्तरमा परिवर्तन ल्याए ? यो त्यति साह्रो बाहिर आएको छैन । अभियान प्रेरणामुखी हुनुपर्दछ । अभियानहरू जीवनलाई परिवर्तन दिने खालका हुनुपर्दछ । अभियान आपूm अगाडि लागेर गर्नुपर्छ । अभियान, दृष्टान्त, नमुना, उदाहरण प्रस्तुत गरेर सञ्चालन गर्नुपर्दछ । अभियान नविनताउन्मुख, परिवर्तनउन्मुख, रूपान्तरणउन्मुख हुनुपर्दछ । अभियानहरू खाली सैद्धान्तिकको अर्थ हुँदैन । अभियान रचनात्मक हुनुपर्दछ, सिर्जनात्मक हुनुपर्दछ र तिनले समाजलाई सकारात्मक प्रतिफल दिनुपर्दछ । 
चिनियाँ लेखक लु सुनले एउटा कथा लेख्नु भएको छ –‘नोराले घर छोडेपछि के भयो ?’ भन्ने । एकजना कुनै विद्वानले लेखेका हुन्छन्, समाजमा रहेको असमानता, महिला र पुरुषमा भएका असमानतालाई हेरेर, देखेर, त्यो अनुभूति गरेर विद्रोही भएर नोराले घर छोड्छिन् । तर घर छोडेपछि के भयो त ? नोराले घर छोडेपछिको कथा लु सुनले सुरू गर्छन् । नोराले विद्रोह गरिन्, घर छोडिन् । एउटा धक्का भयो, एउटा क्रमभङ्ग भयो, एउटा छलाङ पनि भयो होला, तर त्यसपछि के भयो ? महाविपत्ति । महाविपत्ति भन्दा पर केही पनि निस्किएन । किनभन्दा नोराले घर छोडेपछि कहाँ गइन् ? उनमा एउटा जागरण आयो कि यो असमानता भयो भन्ने बुझिन् । असमानता ठीक छैन, असमानता सहनु हुँदैन । तर समानताका निम्ति वास्तविक परिणाम दिने र सकारात्मक परिणाम ल्याउने त्यस्तो उपलब्धिपूर्ण विद्रोह, उपलब्धिपूर्ण जागरण र त्यो जागरणले ल्याउने परिवर्तनको प्रयास चाहिँ कस्तो हुनुपर्छ ? नोराले घर छोडेर कहाँ गइन् ? माइत । अनि माइतीमा चाहिँ वेग्लै समाज छ र ? त्यहाँ समानता छ र ? उनको घरमा मात्रै असमानता हो र ? माइतमा पनि उस्तै छ । माइत जान हिँडेकी छिन् भने अलिक परतिर पुगेपछि उनले सोच्न सक्छिन्–माइतमा पनि त उस्तै हो । आखिर महिला र पुरुषको बीचमा समानता त छैन । उनको कदम रोकिन्छ । उनी साथीको घरतिर मोडिन्छिन् । साथीको घरमा चाहिँ असमानता नभएको हो र ? फेरि त्यहाँ पनि उस्तै छ । त्यहाँ पनि किन जाने ? त्यता पनि उनको कदम रोकिन्छ । अब कहाँ जाने ? धर्मशालातिर ? त्यहाँ पनि उस्तै असमानताका पीडितहरू छन् र त्यहाँ पनि असमानता छ, कहाँ जाने ? अथवा असमानता छ भनेर छोडेर, भागेर हुँदैन । असमानताका विरुद्ध सङ्घर्ष गर्नुपर्दछ र त्यसलाई समानतामा ल्याउनुपर्दछ । 
उहाँहरू (कृष्ण राई) ले बेठीक भइरहेको देख्नु भयो, परम्परागत खेतीले प्रतिफल नदिएको देख्नुभयो । ५५ रूपियाँ लगानी गरेर खेती ग¥यो भने त्यसको ३५ रूपियाँ मात्रै फिर्ता आउँछ, प्रतिफल ३५ मात्रै आउँछ अथवा घाटा हुन्छ । तर यो यस्तो व्यापार हो, यो यस्तो उद्योग हो जो सबैभन्दा आधारभूत, सबैभन्दा महत्वपूर्ण, जहाँ सबै मानिसको जीवन अडेको छ । खानेकुरा विना त कोही पनि बाँच्दैन । अरू कुरा भनेका जीवनपछिका, बाँचेपछि हुने कुरा हुन् । त्यसकारण सबैभन्दा आधारभूत उद्योग त कृषि नै हो । सबै भन्दा ठूलो उद्यम के हो ? सबै भन्दा प्राथमिक आवश्यकता के हो ? खाना हो । तसर्थ उहाँले भागेर हिँड्नु भएन, त्यसमा परितर्वन ल्याउनु भयो । अर्थात् उहाँको काम, उहाँका विचारहरूमा म परिवर्तनको सन्देश देख्छु, दृढताका सन्देश देख्छु, त्यसमा अठोट देख्छु र यसलाई आधुनिकतामा लानु पर्दछ ।
आधुनिकता भनेको रासायनिक मलको प्रयोग गरी उत्पादन गर्नु होइन । यसले डिभास्टेशनतिर लान्छ । त्यसका अनेक दुष्परिणाम देखिए । सबैभन्दा पहिले दुष्परिणाम माटोमा पर्छ । पहिले माटो बिरामी हुन्छ । अनि बिरामी माटोले बिरामी खानेकुरा पैदा गर्छ ।  अनि माटो मर्छ, जब माटो मृत्युतिर लाग्यो, त्यसपछि उत्पादन घट्दै घट्दै गयो । माटो जीवित हुन्छ भने त्यसभित्र ब्याक्टेरिया हुन्छन्, त्यसभित्र गड्यौला बसेका हुन्छन्, त्यसभित्र अनेक चिज हुन्छन्, किनभने त्यो जीवित हुन्छ । यदि माटो जीवित भएन भने मृत भइसकेपछि कसैले केही उत्पादन गर्न सक्दैनन् । पुनःउत्पादनका लागि जीवन चाहिन्छ, जीवित हुनुपर्छ । मृत भइसकेपछि त्यहाँ अर्कै प्रक्रिया सुरु हुन्छ । त्यो जीवनको निरन्तरताको, त्यसको रूपान्तरणको वा हस्तान्तरणको प्रक्रिया हुँदैन ।
जेहोस् यो आधुनिकीकरणसँग सम्बन्धित छ । यहाँ नोराले घर छोडिनन्, नोरालाई घर छोड्ने प्रेरणा दिइँदैन । नोराले घर छोड्ने होइन, नोरा सङ्घर्ष गर्छिन्, परिवर्तन ल्याउँछिन्, घरमा परिवर्तन ल्याउँछिन्, समाजमा परिवर्तन ल्याउँछिन् र दिशाहीन विद्रोह होइन, आदर्शहीन, गन्तव्यहीन विद्रोह होइन ।
जननेता मदन भण्डारीले जनताको बहुदलीय जनवाद प्रतिपादन गर्नुभयो । यसो ध्यान गरेर, चिन्तन गरेर कसो गर्दा यी मनुवाहरूको कल्याण होला भनेर होइन, मदन भण्डारीले आपूm, आफ्ना सङ्घर्ष, यस क्रममा भोगेका भोगाइहरू र सङ्घर्ष के का लागि ? त्यसका आधारमा जनताको बहुदलीय जनवाद प्रतिवादन गर्नु भएको हो । उहाँको एउटा विधा, एउटा विषय मात्रै होइन, कार्यक्षेत्र सम्पूर्ण देश थियो । मदन भण्डारीले पहिले देशको एउटा प्रोफाइल तयार गर्नु भयो कि मेरो देश कहाँनिर छ ? कस्तो छ ? भूगोल कस्तो छ ? जनसंख्या कस्तो छ ? समस्या के छन्, कस्ता छन् ? समस्याहरूको निधान गर्नुभयो । समग्रमा अवस्था के छ ? त्यसको एउटा चित्र बनाउनुभयो । समस्याका कारण हुन्छन्,  तिनको समाधान पनि हुन्छ । राष्ट्रिय रूपमा समाज परिवर्तनका निम्ति गरिएका सङ्घर्षका अनुभवहरूलाई लिएर र राष्ट्रिय, अन्तर्राष्ट्रियस्तरमा मानव जातिले गरेका चिन्तन, व्यवहार, सङ्घर्षका अभ्यासहरू तिनीहरूलाई हेरेर मदन भण्डारीले जनताको बहुदलीय जनवाद त्यसको निष्कर्षको रूपमा प्रतिपादन गर्नुभयो । 
अर्थात् भनौं, उहाँको अगुवाईमा नेकपा एमालेले जनताको बहुदलीय जनवादको प्रतिपादन ग¥यो । यो व्यवहारबाट, सङ्घर्षबाट पृथक रहेर होइन । कतिपय मान्छेहरू व्यवहारबाट आपूmलाई अलग राखेर चिन्तक हुन खोज्छन् । चिन्तनलाई व्यवहारसँग गाँसिएन भने त्यो चिन्तन सतही हुन्छ, अव्यवहारिक हुन्छ । न त्यसले व्यवहारलाई परिपक्क बनाउँदै लानसक्छ, न व्यवहारको त्यो मार्गदर्शक हुनसक्छ । केही पनि हुन सक्दैन । वर्ग सङ्घर्षको क्रममा विचार निर्माणको सिलसिला, अगाडि बढ्ने सिलसिला, सङ्घर्षबाट निस्किने निष्कर्षहरूको सिलसिला उस्तैउस्तै हुन्छन् । आफ्ना र अरुका पनि विचार, व्यवहार, प्रयास, सङ्घर्षहरूको विश्लेषण गरेर त्यसका निष्कर्षहरू निकाल्ने गरिन्छ, जननेता मदन भण्डारीले पनि त्यही चिज गर्नुभयो र जनताको बहुदलीय जनवाद भनेर निकाल्नुभयो । 
कतिपय मानिसले यसलाई त्यति बेलाको सङ्कटमोचनको कुरा मात्रै ठाने । के अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा तत्काल उत्पन्न भएका सङ्कटहरू कसरी समाधान गर्ने भन्ने सन्दर्भमा मदन भण्डारीले यसरी विचारहरू निकाल्नु भयो ? जनताको बहुदलीय जनवाद, जसले सङ्कट मोचन ग¥यो भन्ने कुरा मात्रै सोचे अथवा त्यस ढङ्गले त्यस तहमा मात्रै सोचे । त्यो कुरा तत्कालीन परिस्थिति, तत्कालीन सङ्कटहरू पनि जनताको बहुदलीय जनवादको प्रतिपादनका प्रेरक तत्व हुनसक्छ । त्यति बेलाको परिस्थितिको कुनै मतलव थिएन भन्ने होइन । त्यो परिस्थितिको मतलब थियो र त्यस परिस्थितिको पनि सामना गर्नु थियो । तर प्रश्न त्यस परिस्थितिको सामना मात्रै होइन । कम्युनिष्ट आन्दोलन भनेको सामाजिक न्याय र समानतासहित समृद्धिको, विज्ञान प्रविधिको उन्नतिको तिनीहरूको सदुपयोगको र तिनीहरू सबैलाई अधिकार, अवसर, शान्ति, सम्मान, विज्ञान प्रविधिले पु¥याएका अथवा हासिल गरेका उपलब्धिहरू ती सबै उपलब्धिहरूको सबै मानवसम्म पहुँच अथवा उपलब्धता जरूरी थियो ।  हाम्रा प्रयासहरू त्यसका निम्ति हुन् ।
त्यसैले एकछिनको मात्रै विषय होइन, एक ठाउँको मात्रै प्रश्न होइन । सार्वभौम ढङ्गले राष्ट्रिय परिप्रेक्षमा अथवा अन्तर्राष्ट्रिय परिप्रेक्षमा विचारहरू अगाडि सारिन्छन्, प्रतिपादित हुन्छन्, कार्यान्वयन हुन्छन् र व्यवहारको क्रममा निस्किएका सही निष्कर्षहरू हुन् भने ती सफलताका साथ अगाडि बढ्छन् । यदि सही निष्कर्ष होइनन् भने ती सफलताका साथ अगाडि बढ्न सक्दैनन् । त्यसो भएर सफलताका साथ अगाडि बढाउने सन्दर्भमा यसरी राष्ट्रिय र अन्तर्राष्ट्रिय सामाजिक परिवर्तनका, रूपान्तरणका प्रयासहरूको विश्लेषण गरेर जननेता मदन भण्डारीले जनताको बहुदलीय जनवादको प्रतिपादन गर्नुभयो, प्रतिपादनको अगुवाई गर्नुभयो । 
हामी जनताको बहुदलीय जनवाद विश्वव्यापीरूपमा लागु गर्न सक्दैनौं । म जनताको बहुदलीय जनवाद कहाँ लागु हुन्छ, कहाँ हुँदैन भन्दिनँ । तर हामीले नेपालमा लागु गर्न सक्छौं, अन्यत्र गएर लागु गर्न सक्दैनौं । अन्यत्रकाले यसको सहीपना र यसको सफलताको अवश्यंभावितालाई बुझे भने यो वा त्यो प्रकारले कार्यान्वयन गर्न सक्छन् । हामीले लागु गर्ने नेपालमा हो । हाम्रो कार्यक्षेत्र, आफ्नो कार्यक्षेत्र, आफ्नो कार्यकाल स्वभाविक रूपमा निश्चित निर्धारित हुन्छ । हामी भविष्यसम्मको पनि ठेक्का लिन सक्दैनौं, कसरी जान्छ आउँदो पुस्ताले गर्ने हो । हाम्रो समय आज हो, आजको समयमा हाम्रो कार्यक्षेत्र हाम्रो देश हो । यस देशमा हामी जनताको बहुदलीय जनवादको कार्यान्वयन गर्न सक्छौं र गर्दैछौं । हामीले कार्यान्वयन गर्नुपर्छ किनभने यो विचार सही छ ।
जनताको बहुदलीय जनवाद, यो सिद्धान्त, विचार प्रतिपादन गरी अगाडि सारेपछि नेपालमा के परिवर्तन आयो, हामीले देखेका छौं । वास्तवमा अघिल्लै शताब्दीदेखि विभिन्न पार्टीहरू स्थापना त भए  तर सम्पूर्ण रूपमा पार्टीहरूले आफ्नो सही गन्तव्य यो हो भन्ने पहिल्याउन सकेका थिएनन् । कम्युनिष्ट पार्टीको स्थापना, काँग्रेस पार्टीको स्थापना अरू पार्टीको स्थापना जुन जुन पार्टीको स्थापना भए पनि तिनले परिवर्तनको प्रबल आकांक्षा राखेका थिए । तर, वास्तविक गन्तव्य कस्तो हुनुपर्दछ ? गन्तव्य के हो ? त्यहाँ   कसरी पुग्ने ? त्यो गन्तव्यका मुलभूत कुराहरू के हुन् ? त्यसमा बढी स्पस्टता दिन सकेका थिएनन्, जुन कुरा जनताको बहुदलीय जनवादमा आइपुग्दा हामीले बढी स्पस्टताका साथ बाटोसहित दियौं । 
नेपाली समाजको गन्तव्य के हो ? यहाँ कस्ता वर्गहरू रहेका छन् ? चिन्तन प्रणालीहरू कस्ता छन् ? पेशाहरू कस्ता छन् ? व्यवसायहरू कस्ता छन् ? तिनका मनसाय कस्ता छन् ? तिनका समस्या कस्ता छन् र तिनको समाधान कस्तो हुनसक्छ ? यी सबै विषयमा जनताको बहुदलीय जनवादले खास मार्गदर्शन गरेको छ । 
प्रजापरिषद् स्थापना भयो । अत्यन्तै महत्वपूर्ण ऐतिहासिक काम भयो । तर प्रजापरिषद्ले गणतन्त्रात्मक चेतसम्म वा जनगणतन्त्र हुनुपर्छ भन्नेसम्म समानताको विगुल फुकिहाल्ने बेला भएको रहेनछ । पछि अरू संस्थाहरू बन्दै गए । तिनले पनि गणतन्त्रको कुरा गर्न सकेनन् । कम्युनिष्ट पार्टीको स्थापनापछि सैद्धान्तिक तवरमा गन्तव्य गणतन्त्र भनियो । अब नीति कस्तोबाट जाने, परिस्थिति कस्तो छ भन्ने कुरा कहिले सशस्त्र सङ्घर्षको वकालत गर्ने, कहिले सशस्त्र सङ्घर्ष भनेको छुनै नहुने भन्ने । नेपाली काँग्रेसले कहिले आफैले सशस्त्र सङ्घर्ष ग¥यो, सहभागि भयो तर कहिले आपूmले सशस्त्र सङ्घर्ष गर्दै  नगरे जस्तो अरूलाई यिनीहरू हिंसावादी, हतियार उठाउनेहरू आदि भनेर चर्चा गर्ने गर्छ । मौकापरस्त व्याख्या गर्ने गर्छ । सैद्धान्तिक स्पस्टता थिएन कहाँनिर कस्तो अवस्थामा हतियार उठ्छ, कस्तो अवस्थामा उठ्दैन । ती कुराहरूलाई जनताको बहुदलीय जनवादले बहुत स्पस्टताका साथ मार्गनिर्देश गरेको छ, यदि समाजको परिवर्तन र रूपान्तरणका लागि शान्तिपूर्ण संवैधानिक बाटाहरू विल्कुल अवरुद्ध छन्, निहत्था र असंगठित जनसमुदायलाई संगठित र सशस्त्र राज्यसत्ताले तिनका जायज हितहरूलाई दमन गर्नका लागि हिंसाको प्रयोग गरेर अवरोध खडा गर्छ भने समाज परिवर्तनको र न्यायतर्फको यात्रालाई अवरोध गर्छ भने त्यस्तो अवस्थामा जनताले प्रतिरोध गर्न सक्छन्, प्रतिरोध गर्छन् नै । जनतालाई कसैको इजाजत चाहिँदैन । इतिहासमा कहिल्यै कसैको इजाजत लिएको छैन । जब शान्तिपूर्ण ढङ्गले परिवर्तनका सम्भावनाहरू छन् वा शान्तिपूर्ण ढङ्गले संवैधानिक बाटाहरू खुल्ला छन् (कहिले कहिले संवैधानिक बाटाहरू खुल्ला हुँदैनन् तर संवैधानिक बाटा खुला नभए पनि शान्तिपूर्ण ढङ्गले ती संवैधानिक व्यवधानहरूलाई पनि पराजित गर्न सकिन्छ)  भने शान्तिपूर्ण बाटोबाट जान पर्छ । 
यदि प्रतिक्रियावादी, जनविरोधी शक्तिहरूको, परिवर्तनका बाधक शक्तिहरूको तागत जनताको शक्तिलाई परिवर्तनका निम्ति व्यवधान पु¥याउन सक्ने छैन, जनताको चेतना माथि उठिसकेको छ, जनता संगठित भइसकेका छन्, जनता आन्दोलित भइसकेका छन्, प्रतिक्रियावादी शक्तिहरू त्यस हैसियतमा छैनन् भने त्यहाँ हिंसा गरिरहनुपर्ने आवश्यकता हुँदैन । जनताको सचेत, संगठित, सक्रिय दबाबले परिवार्तन हुनसक्छ । 
महात्मा गान्धीको शान्तिको सिद्धान्त त्यस कुरामा आधारित थियो र नेकपा मालेले शान्तिपूर्ण बाटो लिँदाको सिद्धान्त पनि त्यसै कुरामा आधारित थियो, त्यही व्याख्यामा आधारित थियो र सामाजिक परिवर्तनका निम्ति जनताको बहुदलीय जनवादले अगाडि सारेको सिद्धान्त त्यो पनि यसैमा आधारित थियो । 
जनताको बहुदलीय जनवादले राष्ट्रियता सम्बन्धी बडो स्पस्टता, दृढता, सक्रियता र लोकतन्त्रको सम्बन्धमा स्पस्टतासाथ भनेको छ । के हो लोकतन्त्र भनेको ? आपूm शासनमा हुने मात्रै लोकतन्त्र होइन । लोकतन्त्र भनेको एउटा प्रणाली हो । लोकतन्त्र भनेको प्रणालीको लोकतान्त्रिक ढङ्गले सुसञ्चालन हो । लोकतन्त्र भनेको सम्पूर्ण क्षेत्रमा न्यायको स्थापना हो र अभ्यास हो । न्याय भन्नाले यसभित्र समानता पनि पर्छ । सबै प्रकारका असमानताको अन्त्य र समानताको स्थापना । न्यायभित्र त्यो पनि पर्छ । लोकतन्त्र भनेको सामान्य रूपमा भन्ने हो भने–व्यक्तिदेखि लिएर समाजको जीवन पद्धति हो । लोकतन्त्र भनेको खाली दल खोल्न पाउने कुरा होइन, प्रतिस्पर्धा गर्न पाउने कुरा होइन र प्रतिस्पर्धाका नाममा जसरी पनि जित्नै पर्छ भन्ने होइन । न्यायोचित ढङ्गले जित्नु पर्छ, प्रतिस्पर्धा गर्नुपर्छ किनभने प्रतिस्पर्धा हुन्छ नै । 
वनस्पतिमा पनि प्रतिस्पर्धा हुन्छ, हरेक चिजमा प्रतिस्पर्धा हुन्छ र तिनीहरू अगाडि जान्छन्, जसले  प्रतिस्पर्धी क्षमता राख्छन् । सामाजिक हिसाबले भन्ने हो भने त्यसमा प्रतिस्पर्धी क्षमता बढी हुन्छ, जसमा न्यायोचितता हुन्छ । तर न्याय भन्ने बित्तिकै असंगठित र निष्कृय न्यायको प्रार्थना निरर्थक हुन्छ । न्याय संगठित र सक्रिय दबाबबाट सिर्जना हुन्छ । न्याय प्रार्थनाबाट प्राप्त हुने चिज होइन । यदि प्रार्थनाबाट मात्रै न्याय प्राप्त हुन्थ्यो भने समाज परिवर्तनका निम्ति सङ्घर्षहरू गर्नुपर्ने नै थिएन । त्यसकारण सचेत प्रयासहरू, संगठित प्रयासहरू र योजनाबद्ध प्रयासहरू परिवर्तनका सफलताका सर्तहरू हुन् । जसबाट मात्रै हामी न्यायपूर्ण लोकतान्त्रिक समाज स्थापना गर्न सक्छौं । शान्ति मानव समाजका निम्ति हो । मानव समाजमा अशान्ति कहाँबाट आउँछ भन्दा मानव समाजको विकृतिबाट अशान्ति पैदा हुन्छ । अशान्ति भनेको मानव समाजभित्र आएको विकृति हो । मानव समाजमा जब न्याय छोडिन्छ, जब स्वार्थलाई बढी महत्व दिइन्छ, जब आफ्नो स्वार्थ सबकुछ हो, अरूका न्यायोचित हित पनि केही होइन, जसरी हुन्छ आफ्नो स्वार्थ पूरा भएपछि पुग्यो भन्ने मूल्यमान्यतामा गएपछि शान्ति खलबलिन्छ । अर्काको भाग खोस्न थालेपछि, अर्र्काको  भागमा लोभ गर्न थालेपछि शान्ति खलबलिन्छ । अर्काको सफलतामा ईस्या र डाहा गर्न थालेपछि शान्ति खलबलिन्छ । आफ्नै मनमा पनि ईस्या डाहाले गर्दा अशान्ति पैदा हुन्छ । 
त्यसकारण यो अशान्ति भन्ने चिज नै मानवीय प्रवृत्ति, सचेत प्रवृत्ति र न्यायोचित प्रवृत्ति र त्यसबाट पैदा हुने चिज होइन । मानवीय इच्छा जब विकृत हुन्छ, मानवीय आकांक्षाहरू जब विकृत हुन्छन् अथवा मानव समाजमा जब वैचारिक र व्यावहारिक रूपमा विकृति आउँछ तब हिंसा पैदा हुन्छ । यसर्थ जनताको बहुदलीय जनवादले मानव समाजमा विकृति होइन, सुकृति आउनु पर्दछ, न्यायोचितता छाउनु पर्छ भन्नेतर्फ जोड गर्छ । यसका निम्ति सुशासन आवश्यक पर्छ । 
सुशासन भनेको राज्यको उपयुक्त ढङ्गले परिचालन अर्थात् राजनीति सही ढङ्गले परिचालन भएपछि सुशासन हुन्छ, भ्रष्टाचार हुँदैन, शान्ति सुव्यवस्था हुन्छ, कानूनको राज हुन्छ, सबैप्रति न्याय हुन्छ । राज्य जनताप्रति उत्तरदायी हुनुपर्छ, जनताको सेवाका लागि राज्य हुन्छ ।
हामीले जनताको बहुदलीय जनवाद किन भनिराखेका छौं भने– जनताको बहुदलीय जनवादले सुशासनको पक्षपोषण गर्दछ, समाजमा सुशासन हुनुपर्दछ भन्छ अथवा राजनीति ठीक ढङ्गले चलाइनुपर्छ भन्छ । बेइमानी, छलछाम, धोका, प्रचार, कुप्रचार, मान्छेमा भ्रम फिजाउने, अल्मल्याउने, मान्छेलाई गुमराहमा पार्ने,  गलत सूचना दिने, मान्छेलाई गलत बाटोमा धकेल्ने कुराहरू राजनीति र राजनीतिका अस्त्र हुनुहुँदैन । सुशिक्षा, सुचेतना, सुसूचना यस्ता कुराहरूबाट मानिसलाई सचेत बनाउनु पर्दछ र सचेत मानव एउटा सभ्यताको मार्गमा अगाडि जान्छ । हामी त्यस बाटोमा जानु पर्दछ । 
लोकतन्त्र राज्यमा सुशासनको पक्षमा हुन्छ । राजनीति ठीक ढङ्गले चल्नु पर्दछ । सरकार, सत्ता, राज्य लोकतान्त्रिक वा ठीक ढङ्गले, न्यायोचित ढङ्गले चल्नु पर्दछ । जहाँबाट अरू बेथिति उत्पन्न हुन सक्दैन । राज्य ठीक ढङ्गले चल्यो भने बेथिति उत्पन्न हुन सक्दैन । केही अशिक्षा, स्वार्थ वा केही बाह्य घुसपैठ आदिका कारणले अनेक प्रकारका अस्वस्थताहरू पैदा गर्न खोज्छन् समाजमा, सुशासन भाँड्न खोज्छन् । त्यस्ता कुराहरूलाई नियन्त्रण गर्नु पर्दछ र अलिकति  बढी जनचेतना फैलाउने, अलिकति बढी नियन्त्रणको बाटो लिनु पर्दछ । यी जनताको बहुदलीय जनवादले भनेका कुराहरू हुन् ।
त्यसै गरेर आर्थिक, सामाजिक क्षेत्रमा विकास, आर्थिक क्षेत्रमा विकास भनेको उत्पादन, उत्पादकत्वमा वृद्धि र समाजलाई सम्पन्न बनाउने कुरा मात्रै होइन, समाजको हरेक पक्ष, हरेक व्यक्ति पछाडि पर्नु हुँदैन । पछाडि परेकालाई पनि अगाडि ल्याइनु पर्दछ र कमसेकम मानवोचित, जैविक र प्राकृतिक, न्यायोचित आवश्यकताहरूको परिपूर्ति हुने तहसम्मको मानवोचित तहमा आर्थिक समृद्धिलाई पु¥याउनु पर्दछ । खाने लगाउने, छोराछोरी पढाउने, स्वास्थ्य, शिक्षाजस्ता कुराहरूदेखि लिएर आधुनिक सुविधाहरूसम्म उपलब्ध गराउनु पर्दछ, प्राप्त हुनु पर्दछ हरेक मान्छेलाई । 
बाटा खनेका छन् भने गाडी कुदाउन किन नपाउने ? प्लेन चलेका छन् भने त्यसमा टिकट काटेर उड्न किन नपाउने ? बस चलेका छन् भने त्यसमा टिकट काटेर चढ्न किन नपाउने ? रेल चल्नु प¥यो, रेल चलेको. छ भने टिकट काटेर हिँड्न किन नपाउने ? यो सबै स्थितिका लागि मान्छे सक्षम हुनुपर्छ । हरेकले रेल किन्न सक्नु पर्छ, प्लेन किन्न सक्नु पर्छ भन्ने छैन,  हरेकले किन्ने विषय पनि होइन । सार्वजनिक यातायात त्यसैकारण हुन्छ । विकसित भएपछि आवश्यकताहरू पनि परिवर्तन हुन्छन् । न्युयोर्क जस्तो ठाउँमा भन्ने हो भने सौखका लागि गाडी कसैले राख्ला तर न्युयोर्कभरिका लागि गाडीको आवश्यकता नै पर्दैन । हरेक दुई मिनेट हिँड्दा रेलको स्टेशन छ । त्यहाँ गएपछि हरेक कुनामा सबैभन्दा छिटो पुगिन्छ, न ट्राफिक, न कुनै झमेला । यसकारण मान्छेले निजी कार भरसक राख्न चाहँदैनन् किनभने निजी कार राख्यो भने एक घन्टा वा दुई घन्टा ट्राफिकमा पर्नुपर्छ, बाटो घुम्दाघुम्दै ठीक हुन्छ । 
त्यसो भएर आवश्यकता परिपूर्ति हुँदै जादो रहेछ । गाडी किन्दैन मान्छे, रेलबाट यात्रा गर्छ । अर्थात् मैले अघि भनेँ– जैविक आवश्यकता र मानवीय आवश्यकताको न्यायोचित परिपूर्ति हुने स्थिति र आर्थिक उन्नति । 
पूर्वाधारहरूको विकास, विद्युत्को विकास, सञ्चार, विज्ञान प्रविधिका क्षेत्रको विकास यो सबै भनिरहनु परेन । मानवीय र जैविक आवश्यकताको परिपूर्ति गर्न गरिएका विकास र यसको समुचित वितरणसहितको सामाजिक व्यवस्था नै जनताको बहुदलीय जनवाद हो । जसलाई हामीले समाजवाद भन्ने गरेका छौं, समाजवादउन्मुख भन्ने गरेका छौं । कतिपय मान्छेहरूले नबुझेर भन्ने गरेका छन्– जनताको बहुदलीय जनवादले समाजवादको परिकल्पना गरेको छैन । कमसेकम जबज यसो बुझ्न खोजे हुन्थ्यो, पढ्न खोजे हुन्थ्यो । एक घन्टा समय निकाल्यो भनेदेखि त्यति कुरा बुझ्न त एकघन्टाको अध्ययन काफी हुन्छ । 
पाँचौ महाधिवेशनले पारित गरेको कार्यक्रम जनताको बहुदलीय जनवाद मात्रै पढ्यो भने पनि समाजवादसम्मको, समाजवादमा कसरी पुग्ने भन्ने थाहा हुन्छ । मानिस रहुञ्जेल यसैले मार्गदर्शन गरिरहन्छ यसले भन्दैन, त्यसको परिमार्जन हुन्छ । तर, समाजवादसम्म कसरी पुग्ने ? समाजवादको प्रारम्भिक चरणसम्म कसरी पुग्ने ? भन्ने कुरा  देखाएको छ । 
जनताको बहुदलीय जनवादले सामाजिक न्याय र समानता, सामाजिक उत्थान, अन्धविश्वासबाट वैज्ञानिक चेतना मान्छेमा आउनु प¥यो भन्छ । असमानतालाई स्वतः स्वीकार्ने खालका दासमनोवृत्तिबाट मान्छेमा समानताको चेतना, प्रतिस्पर्धाको चेतना, मानवीय मूल्य, महत्ता, गरिमाको चेतना त्यो आउनु प¥यो । अहिले पनि मान्छेहरू जनताका छोराछोरी पनि राष्ट्रपति हुने ? कसरी मान्न सकिन्छ ? अब त यहाँ पल्ला घरको दमाइको छोरा÷छोरी पनि राष्ट्रपति हुने खतरा पैदा भइसक्यो, कसरी मान्ने भन्ने पनि छन् । अनि एउटा कुलीन घरनाको जन्मिंदै जस्तो सुकै होस् राजा हुने परिपाटी स्वीकार्ने तर जनताका छोराछोरी हुन नहुने ? लुटको राज्य, लुटको सत्ता मान्य हुने, पुजनीय हुने ? प्रतिस्पर्धाबाट जनता आएको कुरा मानवीय महत्ता र गरिमा स्वीकार्य नहुने यस्तो चेतना पनि अहिलेसम्म हाम्रो समाजमा छ । यस पछौटे चेतनालाई हामी वैज्ञानिक वा सामाजिक चेतना भन्न सक्दैनौं । यो समाजवादी चेतना होइन, यो सामन्ती चेतना हो, पछौटे चेतना हो । जनताको बहुदलीय जनवाद यस्ता कुराहरूको वैचारिक अभियन्ता हो । जनताको बहुदलीय जनवाद लिएर हामी यस्ता कुराहरूको विरुद्धमा, सचेतना अभियानमा अगाडि जानु पर्दछ र समाजलाई परिवर्तन गर्न सकिन्छ । 
राष्ट्रियताको सबालमा मैले अघि भनेँ । हुन त राष्ट्रियताको सबाललाई मान्छेले यस्तो सस्तो बनाएका छन् । एकजना नेताले पटक पटक भनिराखेका छन्– एसपीपी अथवा स्टेट पार्टनरसीप प्रोग्राम केपी ओलीको समयमा ल्याएको थियो, मैले रोकाएँ भनेर  । अन्तर्राष्ट्रिय रूपमा पनि ढाटिराखेका छन्, राष्ट्रिय रूपमा पनि ढाटिराखेका छन् । यो भन्दा बढ्ता फट्याईं के हुन्छ ? वास्तवमा गल्ती भयो भने गल्ती भयो भन्दा भइहाल्छ । गल्ती हुनसक्छ, त्यो स्वीकार्न पाइन्छ, सकिन्छ । 
प्रसंगवश कुरा आइहाल्यो राष्ट्रियताकोे सवालमा । राष्ट्रियता भन्ने चिज, तमासा गर्ने चिज, हाउभाउ गर्ने चिज, नखरा पर्ने चिज, अभिनय गर्ने चिज, झुक्याउने चिज, धोका दिने चिज होइन । राष्ट्रियता भनेको आफ्नो देश, आफ्नो भूगोल, आफ्नो राष्ट्र, आफ्नो राष्ट्रियता, आफ्नो जनता, आफ्नो सभ्यता, आफ्नो संस्कृति, आफ्नो समाज भूगोलदेखि आफ्नो समाजसम्मका सम्पूर्ण पक्षहरूको समग्र हितमा तलमाथि पर्न नपाओस्, त्यसको अस्तित्वको रक्षादेखि लिएर हितको रक्षा, सुरक्षासम्मका सबै कुरा हुन पाउन् भन्ने कुरा हो । 
एमसीसी शेरबहादुर देउवा र पुष्पकमल दाहाल भएर सम्झौता गर्नुभयो । उहाँहरूले नै पास गर्नुभयो । अरूका बारेमा त चर्चा नै गर्नु परेन नि, स्पस्ट छ । उहाँहरूले सम्झौता गर्नुभयो, उहाँहरूले पास गर्नुभयो । बीचमा वातावरण उधुमसँग यस्तो बिर्गानु भयो, किन त्यत्रो हल्लाखल्ला गरेर उफ्रिनु परेको ? किन सडक भत्काउनु परेको ? किन प्रहरीसँग झडप गर्नु परेको ? किन बाटोमा हिँड्ने मान्छेलाई ढुङ्गा हान्नु परेको ? सबैभन्दा बढी प्रचण्डको निर्देशनमा माओवादीका मान्छेले गरे नि त्यो कुरा । किन गर्नु परेको ? अरू अघिपछि छोड्दिऊँं, सेप्टेम्बर २९ मा एमसीसीलाई प्रधानमन्त्री देउवा र प्रचण्डले लेखेको पत्रमा चार पाँच महिनाको समय देउ, सरकारी खर्चमा मान्छेलाई लट्पटाएर हामी पास गराउँछौं भनेको  छ त । यहाँहरूले पढ्नु भएको होला । शब्दानुभाव नभएर मेरो कुरामा भावानुभाव भएको हुनसक्छ तर कुरा यही हो । अनि अर्कोतिर पास हुँदै हुँदैन भनेर उहाँहरूले अन्तर्राष्ट्रिय तवरमा झुट बोलेर आउनु भयो, दोहोरो भूमिका खेलेर आउनु भयो ।
मैले पहिलेदेखि भनिराखेको थिएँ– तपाईंहरूले अघिल्लो पङ्तीमा बसेर हुन्छ, हुन्छ भनेर हात उठाएर पास गर्नु हुनेछ । किनभने तपाईंहरूको कुरै त्यही हो । उहाँहरूले पत्र पठाएको पाँच महिना पुग्न एक दिन अघि २८ फेबु्रअरिका दिन पास गर्नुभयो । 
जनतालाई धोका दिएर पास गर्नुभयो । नेपाली जनतालाई किन गुमराहमा राख्नु भयो ? यो राष्ट्रहित विपरीत छ भनेर किन उफ्रिनु भयो ? सबैभन्दा बढी उफ्रिने त माओवादी थियो । अनि सभामुखकै पद जाने अवस्था भइसक्यो, अनि के गर्ने त एमसीसी पास गर्नु प¥यो भन्नुभयो । राष्ट्रहित विपरीत, देशद्रोही कुरा हो भन्ने अनि के यो सभामुखको पदसँग साट्ने विषय हो ? सभामुखको पद जाने भयो ! त्यसो भएपछि यस्ता कुराको सहारा लिने हो ? उहाँहरूले भन्नुप¥यो नि यो राष्ट्रिय हितको पक्षमा छ, त्यसकारण पास गरियो  अथवा राष्ट्रहितको पक्षमा छैन तर पनि पास गरियो किनभने हामीलाई राष्ट्रहितको मतलब छैन, सभामुख जोगाउनु छ । उहाँहरूले त त्यही भन्नुभयो अन्तिममा । 

अहिले एसपीपीमा त्यस्तै कुरा गर्दै हुनुहुन्छ । एसपीपी प्रचण्डजी उहाँहरू सरकारमा हुनुहुन्छ, गर्न हुने नहुने सबै काम गर्दै हुनुहुन्छ  । म उहाँहरूलाई एसपीपीका सम्बन्धमा दुईवटा कुरा भन्न चाहन्छु । एउटा, अहिले जुन ड्राफ्ट बाहिर आयो, जो बहुत खतरनाक छ । त्यो अहिले नयाँ ड्राफ्ट हो । यस्तो ड्राफ्ट पहिले आएको थिएन र यस्तो ड्राफ्टमाथि कुनै विचार विमर्श भएको थिएन । 
यस्तो ड्राफ्टको सम्बन्धमा कसैले पत्र लेखेको थिएन पहिले । यो ड्राफ्ट नयाँ हो । यो घातक छ । ठीक छ पास गर्छौं विस्तारै भन्दै हुनुहुन्थ्यो, अलिकति जनताले दह्रै दवाब दिएपछि पछाडि सरेर हामी पास गर्दैनौं भन्नेमा जानु भयो । अनि भन्नुहुन्छ– हामीले गर्दा, हामी सरकारमा थियौं र भनेर । अनि यो ड्राफ्ट चाहिँ कसले ल्यायो त ? हामीले दिएको हो तपाईंलाई यो ड्राफ्ट ? 
२०७२ साल असोज ३ मा संविधान जारी भयो । असोज ६ गते सुशील कोइरालाजी प्रधानमन्त्री पनि हुनुहुन्थ्यो, रक्षा मन्त्री पनि हुनुहुन्थ्यो । उहाँले रक्षा मन्त्रीको हिसाबले एसपीपी अथवा स्टेट पार्टनरसीप प्रोग्रामको अङ्ग बन्न नेपाल तयार छ, इच्छुक छ भन्ने निर्णय गर्नु भयो । संविधान जारी भएको तीन दिनमा ६ गते उहाँले मन्त्रीस्तरीय निर्णय गर्नु भयो । असोज १३ गते सुशील कोइरालाजी नै प्रधानमन्त्री हुनुहुन्थ्यो । त्यसबेला रक्षा मन्त्रालयले नेपाली सेनालाई पत्र लेख्यो । नेपाल एसपीपीको अङ्ग बन्ने कुरा अगाडि बढाउनू, पत्राचार गर्नू भनेर मन्त्रालयले लेख्यो । त्यसपछि म प्रधानमन्त्री भए असोज २५ गते र कुनै सरसल्लाह, कुनै जानकारी केही पनि नभइकन पहिलकै आदेश अनुसार अहिले कार्तिक १० गतेको ठेगाना दिइएको छ । तर म तपाईंहरूको एउटा ध्यान के आकर्षित गर्न चाहन्छु भने म अहिले पनि सरकारलाई ओरिजिनल पत्र देखाऊ भन्छु । म प्रधानमन्त्री हुनुभन्दा अगाडिको पत्र हुनसक्छ चलानी नम्बरमा ८५ पनि हातले लेखेको छ । पहिलेको हटाएर र पठाएको मितिमा पनि २७ अक्टुबर लेखेको छ हातले । सबै टाइप छ,  त्यसलाई टिपेक्स लगाएर मेटेर हातले लेखेको स्पस्ट हुन्छ । म सरकारलाई हातले नलेखेको पत्र निकाल्न भन्न चाहन्छु । हातले नलेखेको कहिलेको मितिमा पठाएको थियो, त्यो ल्याऊ । यदि त्यसै मितिमा पनि थियो भने पनि राजेन्द्रराज क्षेत्री त्यति बेलाका प्रधान सेनापति जीवितै हुनुहुन्छ, अमेरिकामा हुनुहुन्छ । उहाँसँग सोधे हुन्छ नि त । उहाँले त्यति बेलाको प्रधानमन्त्री, रक्षामन्त्रीलाई बताउनु भएको थियो कि थिएन, नेपाली सेनाले बतायो कि बताएन । त्यो बताएको भए सेनाले पत्राचार गर्ने कुरा त्यस बेलाको सरकारले रोक्थ्यो । सेनाले एम्बेसीलाई लेख्ने कुरा रोक्थ्यो । यो विधिसम्मत नै भएन । त्यो रोक्थ्यो । यो कुराको जानकारी भएन । म के विश्वस्त छु भने यो पनि अझ २७ अक्टुबर भनेर जुन मिति लेखिएको छ, २७ चाहिँ हातले लेखिएको छ । अरू सबै टाइप २७ तारिख चाहिँ हातले । त्यो मेटाएर २७ तारिख लेखिएको छ ।  केपी ओलीलाई मुछ्नका लागि २७ अहिले लेखिएको हो । चलानी नम्बर पहिलेको फेरेर ८५ कसरी भयो त ? हातले किन लेख्नु प¥यो ८५ ? सबै लाइनमा छ बीचको ८५ चाहिँ फेरिएको छ । सबै लाइनमा टाइप गरिएको छ, सबै टाइप गर्दा चलानी नम्बर बीचको ८५ चाहिँ कसरी हातले लेख्नु प¥यो त ? यो छली काम अहिलेको सरकारले गरेको छ । 
यदि मेरै समयमा म प्रधानमन्त्री हुँदा भएको भए पनि त्यो गलत छ र त्यो मेरो बिना जानकारी भएको छ । त्यो प्रधान सेनापतिलाई सोधे हुन्छ र अहिले निर्वाचन आयोगका आयुक्त इश्वरी पौड्याल केपी ओलीको पालामा भनेर निकै काँग्रेसी पल्टिन खोज्नु भयो । सत्तापक्षीय पल्टिन खोज्नु भयो, उहाँ रक्षा सचिव हुनुहुन्थ्यो, उहाँले केपी ओलीलाई बताएको थिएँ भन्ने ? उहाँले केपी ओलीलाई भेट्नु भयो ? केपी  ओली हेडक्वाटर गयो ? केपी ओलीलाई पत्राचार गरेर सोध्नु भयो ? पहिले यस्तो थियो भन्नुभयो ? मौखिक रिपोर्ट गर्नुभयो ? अहिले मौखिक बयानवाजी गर्नुहुन्छ केपी  ओलीलाई भनेको थिएँ भनेर । त्यो झुटो कुरा हो । 
मलाई दुःख के लाग्यो भने एउटा निर्वाचन आयुक्त जस्तो मान्छेले झुटो बोलेकोमा । उहाँले बताएको कुरा प्रमाणित गर्नुस् । पत्र लेखेको कुरा प्रमाणित गर्नुस् । केपी  ओलीको समयमा केपी  ओली प्रधानमन्त्री वा रक्षामन्त्री भएर कुनै हस्ताक्षर गरेको प्रमाणित गर्नुुस्, कुनै निर्णय गरेको प्रमाणित गर्नुुस् । यो कसैले सक्नेवाला छैन । 
त्यसपछि प्रचण्ड प्रधानमन्त्री हुनुहुन्थ्यो, मलाई प्रधानमन्त्रीबाट हटाएपछि । यो पत्र वास्तवमै म प्रधानमन्त्री नहुँदै एम्बेसीमा पठाइएको हो, एम्बेसीले सत्य बोलोस् भन्ने म चाहन्छु । अमेरिकी एम्बेसीले सत्य बोलोस् । नत्रभने चलानी नम्बर हातले किन लेखियो मेटेर ? यसमा अहिले आएर जालसाझी गरिएको छ । त्यसपछि २०७४ साल वैशाख २४ गते प्रचण्ड प्रधानमन्त्री भएकै बेला फेरि अर्को पत्र पठाएको छ इन्डो प्यासिफिक हेडक्वार्टरलाई । शेरबहादुरजी प्रधानमन्त्री भएपछि किन जवाफ आएन भनेर २०७४ साल माघमा फेरि पत्र पठाइएको छ । चुनाव मंसीरमा भयो, चुनाव काँग्रेसले हारिसक्यो । त्यति बेलाको तालमेलले चुनाव जितिसक्यो, एमाले अगाडि आइसक्यो, एमालेको नेतृत्वमा सरकार बन्ने भइसक्यो, त्यस्तो अवस्थामा अनि उहाँहरूले किन पत्राचार गर्नुभयो ? इन्डोप्यासिफिकसँग पत्राचार गर्नुभयो, त्यसको जवाफ सन् २०१९ को सायद अक्टुवरमा इन्डोप्यासिफिकले रिपोर्ट निकाल्यो । नेपाल र श्रीलंका नयाँ सहभागी भए इन्डोप्यासिफिक स्ट्राटेजीमा भन्यो । त्यो भएपछि त्यति  बेला म प्रधानमन्त्री थिएँ, त्यो पाएपछि मैले यो के भनेको भनेर तत्काल खोजी गरेँ, तत्काल परराष्ट्र सचिवको नेतृत्वमा रक्षा सचिव र गृह सचिवको एउटा समिति बनायौं र त्यस समितिले यो गलत कुरा हो, यसलाई रोक्नुपर्छ र यो गलत ढङ्गले अगाडि बढेको रहेछ भनेर रोकियो । त्यो मेरो समयमा रोकियो । हामीले थाहा पाइसकेपछि यसलाई रोकियो । यो सन् २०१९ मा रोकिएको हो । 
अहिले अर्को ड्राफ्ट ल्याएर अनि भित्रभित्रै नेपालको परराष्ट्र नीति, असंलग्नता यी सबै कुराहरूलाई लत्याएर, नेपालको आधारभूत परराष्ट्र नीतिलाई लत्याएर एउटा गलत चिज अगाडि सार्न खोजियो र यसरी गलत चिज अगाडि सार्न खोजेर देशको परराष्ट्र नीतिलाई गम्भीर घाटा पार्न खोजियो । जसमा हामीले ब्रेक गरेका छौं । त्यसलाई अहिले रद्द गरेका छौं तर खतरा छँदैछ । यो गठबन्धन र यस गठबन्धनका मान्छेहरू जो एमसीसीमा हुन्छ भनेर हात उठाउनेहरू हुन्, ती सबै यसमा सरिक छन् । जनदवाबले गर्दा अहिले रोकेका हुन् । अलिकति भेल शान्त हुने बित्तिकै यिनीहरू फेरि जाल लिएर जसरी माझीहरू माछा मार्न पुग्छ नि भेल शान्त हुने बित्तिकै, हो त्यसैगरी अर्को जाल लिएर सामेल हुनेछन् ।
जनताको बहुदलीय जनवाद यस्तो छलछाम, यस्तो तिकडम, राष्ट्रियताप्रति यस्तो खेलवाड गर्दैन । जनताको बहुदलीय जनवाद राष्ट्रियतालाई वास्तवमा राष्ट्रिय हितलाई सर्वोपरी विषय मान्छ । राष्ट्र छ हामी छौं । नेपाल छ हामी छौं । नेपाल छ, नेपाली छौं । नेपालको सार्वभौमसत्ता छ हामी छौं । नेपालको स्वाधीनता छ, स्वतन्त्रता छ, हामी छौं । नेपालको भौगोलिक अखण्डता छ, त्यसकारण हामी आज यस हैसियतमा छौं । त्यसकारण जनताको बहुदलीय जनवादले यो कुरा भन्छ । जनताको बहुदलीय जनवादले राष्ट्रियताप्रतिको दृढता व्यक्त गरेकै हुनाले आज हामीले चुच्चे नक्सा पाएका छौं । त्यो भूभाग, हाम्रो नक्सा, हाम्रो भूमि जनताको बहुदलीय जनवादको हाम्रो टर्चले देखायो । जहाँ हामीले आफ्नो नक्सा बनायौं, त्यसलाई संविधानको अङ्ग बनायौं । त्यसकारण हामीले जनताको बहुदलीय जनवादलाई त्यस रूपमा बुझ्नु पर्दछ र हामीले सुविचारित ढङ्गले विश्लेषणसहित, अध्ययनसहित, तुलनात्मक अध्ययन सहित, हिजोको अनुभव, आजको स्थिति, त्यसको समाधान र भविष्यका उज्ज्वल सम्भावनाहरूतर्फको आन्दोलन यी सबै कुराहरूलाई हेरेर तय गरिएको चिज हो–जनताको बहुदलीय जनवाद । जो जननेता मदन भण्डारीको अगुवाइमा भएको थियो । यसरी जननेता मदन भण्डारी एउटा युगद्रस्टा हुनुहुन्थ्यो । 
म यो कार्यक्रमको आयोजनाका लागि साथीहरूलाई धन्यवाद भन्न चाहन्छु । मदन भण्डारी फाउण्डेशनलाई धन्यवाद र अध्यक्षज्यूलाई धन्यवाद । यतिन्जेल मेरो कुरा धैर्यताका साथ सुनिदिनु भयो । यसका लागि धेरैधेरै धन्यवाद भन्दै आफ्नो भनाइ टुंग्याउँछु । धन्यवाद । 
(जननेता मदन भण्डारीको ७१औं जन्मजयन्तीका अवसरमा २०७९ असार १४ गते राजधानीमा मदन भण्डारी फाउण्डेशनले आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले गर्नुभएको सम्बोधनको सम्पादित अंश)