detail-img

नेकपा (एमाले) सामाजिक सुरक्षाको प्रणेता

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) सामाजिक सुरक्षा तथा समाज कल्याण विभागले आगामी निर्वाचनका लागि पार्टीले तयार गर्ने घोषणा पत्रमा समावेशका लागि सामाजिक सुरक्षा क्षेत्रका सुझाव सङ्कलन गर्न २०७९ भदौ १३ गते विज्ञहरूसँग परामर्श कार्यक्रम आयोजना गर्यो । 
कार्यक्रममा पार्टीका महासचिव शंकर पोखरेलले  नेकपा (एमाले) सामाजिक सुरक्षाको प्रणेता भएको र नेपाली मौलिकताको लोककल्याणकारी राज्य निर्माणको अभिभारा पनि एमालेको काँधमा रहेको वताउनुभएको छ ।
महासचिव पोखरेलले सामाजिक सुरक्षा कार्यक्रमलाई प्रभावकारी, पारदर्शी, सर्वसुलभ र व्यावहारिक बनाउने पनि एमालेले नै हो भन्नुभयो । 
महासचिव पोखरेलले सामाजिक सुरक्षाका कार्यक्रम र लोककल्याणकारी राज्य निर्माणले सबैभन्दा बढी सिमान्तकृत समुदाय लाभान्वित हुने वताउँदै सिमान्तकृत समुदायको उत्थान गर्ने, समृृद्ध र सुखी बनाउने र सम्मानित जीवन जिउने वातावरण बनाउने अभिभारा एमाले पूरा गर्ने छ भन्नुभयो । 
उहाँले सामाजिक सुरक्षा र समाज कल्याण विभागले नेकपा (एमाले) को नीति र एमालेले नेतृत्व गर्ने सरकारको नीति तथा कार्यक्रममा पृष्ठपोषण गर्ने कार्यमा निरन्तर लाग्ने विश्वास व्यक्त गर्नुभयो । 
महासचिव पोखरेलले हाम्रो पार्टी सिमान्तकृत समुदायको सवालमा संवेदनशील छ भन्ने क्ुरा आजको कार्यक्रमले पनि पुष्टि गर्छ भन्नुभयो । 
पार्टीका तत्कालीन अध्यक्ष मनमोहन अधिकारीको नेतृत्वमा बनेको  एमालेको नौमहिने अल्पमतको सरकारका पालामा नेपालमा राज्यबाट सामाजिक सुरक्षा भत्ता दिने व्यवस्था शुरू भएको र अहिले यो लाखौं ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरू, एकल महिला, दलित, विपन्न लगायतको जिउने आधार बनेको छ ।  
सो कार्यक्रममा पार्टी केन्द्रीय सदस्य तथा सामाजिक सुरक्षा तथा समाज कल्याण विभाग प्रमुख जुलीकुमारी महतोले विभागले प्रस्तुत गर्ने सुझावहरू घोषणा पत्र र पार्टीका आगामी कार्यक्रमहरूमा समेटिने विश्वास व्यक्त गर्नुभयो । 
उहाँले भन्नुभयो–‘ज्येष्ठ नागरिक, बालबालिका, अपाङ्गता भएका व्यक्ति, एकल महिला, दलित, महिला हिंसा, बालश्रम, लोपोन्मुख समुदाय एवं सिमान्तकृत समुदायप्रति पार्टी संवेदनशील छ । पार्टीका तर्फबाट ठोस कार्यक्रम अगाडि सार्न विभागले नेतृत्व गर्ने छ ।’
पार्टीले अध्यक्ष कमरेडको संयोजकत्वमा आठ सदस्यीय घोषणापत्र मस्यौदा कमिटी गठन गरेको छ । सो कमिटीले पार्टीका सबै विभागबाट सुझाव मागेको छ । 
विभिन्न क्षेत्रका विज्ञसहित करिव दुईसय जनाको सहभागिता रहेको सुुझाव सङ्कलन कार्यक्रममा विभागको तर्फबाट सामाजिक सुरक्षा र समाज कल्याणका विषयमा विभाग सदस्य निर्मला धितालले कार्यपत्र प्रस्तुत गर्नुभएको विभागका सचिव पुष्कर खातीले वताउनुभयो ।